22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

जनकपुरधामसहित सम्पूर्ण ठाउँमा मतदान सुरु

सिफारिस

जनकपुरधाम,वैशाख ३० । मधेस प्रदेशको राजधानी जनकपुरधामसहित सम्पूर्ण ठाउँमा मतदान सुरु भएको छ । यस प्रदेशमा १३६ वटा स्थानीय तह रहेकोमा सबै स्थानीय तहको मतदान स्थलमा मतदान प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

- Advertisement -

- Advertisement -

मतदानको दिन सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मधेस प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्याकुरेलले जानकारी दिए ।

सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, सहायक कर्मचारी २ जना, सहयोगी कर्मचारी २ जना र मतदान अधिकृतले नियुक्त गरेका स्वयंसेवक ३ जना गरि कुल ९ जना कर्मचारी खटेका छन् । यस हिसाबले प्रदेशका ८ वटै जिल्लामा ४ हजार १८९ मतदान केन्द्रमा ३७ हजार ७०१ कर्मचारी खटेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -