22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

राजेशमान सिंहकाे १ हजार ६३ मतले अग्रता कायमै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ जेठ । बीरगन्जकाे मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् ।

- Advertisement -

शनिबार दिउँसो मतगणनाको पहिलो नतिजा आएदेखि अगर्ता लिएका सिंहले आइतबार बिहानसम्म अग्रता कायमै राखेका छन् देखि ।

- Advertisement -

सिंहले हालसम्म १ हजार ८ सय १० मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् । उनलाई पछ्याउँदै नेकपा एमाले र लोसपाका साझा उम्मेदवार विजयकुमार सरावगीले ७ सय ४७ मत मात्र प्राप्त गर्न सकेका छन् ।

महानगरपालिकाको ४ वटा वडाको ३ हजार ५ सय ७९ वटा मत गन्दा बीरगन्ज महानगरपालिकाको निवर्तमान मेयरसमेत रहेका सरावगी पाँच दलीय गठबन्धनका सिंहसँग १ हजार ६३ मतले पछाडि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राप्रपाका गिरिश गिरीले हालसम्म ४५ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् । आलमले १ हजार ३ सय ३७ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी उनिसँग १ हजार १ सय ५४ मतको अन्तरले पछाडि परेका छन् । निकटम प्रतिद्विन्द्वी एमाले र लोसपाका साझा उम्मेदवार पुरुषोत्तम लाल झाले केवल १ सय ८३ मत प्राप्त गर्न सकेका छन् । झा पछाडि राप्रपाकी विना जयसवाल कुर्मीले ७२ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १०२ मत प्राप्त गरेकि छिन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -