25.1 C
Kathmandu
Thursday, July 7, 2022
25.1 C
Kathmandu
35.3 C
Birgunj

मन्त्री सोनल – ‘बजेटमा प्रादेशिक गौरबका योजनाहरू आउनुपर्दथ्यो, त्यो हुनसकेको छैन्’,

सिफारिस

जनकपुर, असार ३ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश अध्यक्ष तथा मधेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले सरकारको बजेटको आलोचना गरेका छन् ।

- Advertisement -

उनले बजेट परम्परागत र काम चलाउ रहेको प्रतिक्रिया दिएका छन् । मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेट परम्परागत र कामचलाउ मात्र रहेको बताए । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सोनलले प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेपछि नेता सोनलले बजेट परम्परा धान्ने र टालटुले मात्र रहेको बताएका छन् । ‘बजेटमा प्रादेशिक गौरबका योजनाहरू आउनुपर्दथ्यो, त्यो हुनसकेको छैन्’, पूर्वमन्त्रीसमेत रहेका उनले भने–‘ अहिलेको बजेटमा युवाहरूको बेरोजगारीको सबाललाई जोड दिनुपर्ने थियो, त्यो पनि छैन ।

- Advertisement -

कृषि उत्पादन र किसानहरूलाई सहजरूपमा मलखाद र बीउबिजन उपलब्ध गराउने कुरा पनि बजेटमा छैन ।’ भौतिक पूर्वाधार विकासका कुरालाई बजेटमा प्राथमकिता नदिएको उल्लेख गर्दै नेता सोनलले समग्रमा अहिलेको बजेटमा खासै आकर्षण र नयाँपन नरहेको बताए ।

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले अहिलेको बजेट चुनावमुखी र नेतामुखी रहेको प्रतिक्रिया दिए । उनले चुनावलाई केन्द्रित गरेर मन्त्रीहरूले बजेटमा आफ्नो क्षेत्रलाई प्राथमकिता दिएको आरोप लगाए । नेता मण्डलले भने–‘यसपालिको बजेटमा अधिकांश योजनाहरूमा रकम तोकिएरै विनियोजन गरिएको छ’, यो बजेटको साकारात्मक पक्ष हो उनको कथन थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -