23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

धनुषा : बालकको मुटु फेर्न साउदीमा कार्यरत नेपालीद्वारा आर्थिक सहयोग

सिफारिस

जनकपुरधाम , १२ असार । धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि साउदीमा कार्यरत नेपालका मधेशीहरुले आर्थिक सहयोग गरेका हुन्।

- Advertisement -

साउदीको एबिभी रोक्क ग्रुप कम्पनीमा रहेको विभिन्न पदमा काम गरिरहेका कामदारहरुले चन्दा संकलन गरेर धनुषाको कमला नगरपालिका ४ सघारा हाल साउदी बस्ने अरबिन्द कुमार यादवले नेपाली २५ हजार १ सय ६५ रुपैया मुखियालाई मुटु फेर्नको लागि रकम पठाईएको छ।

- Advertisement -

उनिहरु बिरामीको परिवारलाई रकम दिनको लागि धनुषाका पत्रकार मनोज कुमार मोरबैताको नाममा रकम पठाएको छ। यो भन्दा अगाडि पनि गैर-आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव श्याम बाबु महतोले सिंगापुरबाट समेत २५ हजार उक्त विरामीको मुटु फेर्नकै लागि पठाएका हुन् ।

बालक मुखियाको मुटु फेरिनुपर्ने चिकित्सले बताएका छन् । उनी अहिले उपचाररत छन् । सामान्य परिवारका तथा आर्थिक अवस्ता कम्जोर भएकाले उपचार गराउने हैसियत नरहेको परिवारले जनाएका छन् ।

यता पत्रकार मोरबैताले करिब ४० लाख रुपैयाँ विरामीको उपचारसहित मुटु फेर्नको लागि आवश्यकता रहेको उनले देश-विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्नको लागि आग्रह गर्नुभएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -