23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

युवाको सकारात्मक कदमले मात्र मधेस वा देशको विकास सम्भव – मुख्यमन्त्री राउत

सिफारिस

जनकपुरधाम,असोज १५ । जनकपुरधाममा पहिलो मधेश प्रदेश युवा महोत्सव उदघाट्न भएको छ।

- Advertisement -

उक्त कार्यक्रममा महिला, बालबालिका,युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसादको अध्यक्षतामा उदघाटन गरिए छ ।

- Advertisement -

कार्यक्रममा प्रमुख अतिथिमा मधेस प्रदेशको मुख्य मन्त्री मो.लालबाबु राउत,बरिस्ठ अतिथिमा गृह तथा सञ्चार मन्त्री भारतसाह,माननीय मन्त्री मन्जु यादव,जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ,युवा अभियन्ता विकास ठाकुर उपस्थित रहेको थियो ।कार्यक्रममा युवाअभियानीहरु ,विभिन्न विद्यलयहरुका विद्यार्थीहरु र विभिन्न संघ संस्थाको कर्मचारी,व्यापारीहरुको भरी उपस्थित रहेको थियो ।

यस युवा महोत्सवमा विभिन्न संस्थाको आसमान नेपाल, एक्सन एड नेपाल, जिल्ला युवा संञ्जाल (धनुषा) जेसिस, जनकपुर उद्योग वणिज्य संघ,सेभ द चिल्ड्रेन, वल्ड भिजन र नेपाली जुटौको सहकार्यमा रहेका छन।

जनकपुरधाममा आयोजित गरेको मधेस प्रदेश युवा महोत्सव कार्यक्रममा मुख्यता दुई दिन हुने र आज पहिलो दिन कार्यक्रममा मधेश मन्थन, मधेश जागरण, मधेश हटिया र सास्कृतिक साझ रहेको छ। त्यस्तै भोलि १६ गते बिहिवार मधेशका मान र घोषणा पत्र सार्वजनिक गर्दै कार्यक्रम समपन्न गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री लालबाबू राउतले भने युवाको सहयोग बिना कुनै पनि कामलाई हामी सफल बनाउन सक्दैन । युवा उतप्रेरणाको स्रोत हो आफ्नो गाउँ , टोल, शहर र देश बिकासमा हामीलाई युवाको सहयोग चहिएको हो। युवालाइ राजनीतिमा आउनलाई पनि अह्वान गर्दै, युवा परिष गठन गरेर युवालाई हरेक क्षेत्रमा सहभागिता गराउने बताए।

सथै शुभकामना मनतव्य राख्दै बिरेन्द्र प्रसादले भने युवाको उर्जालाई कसरी देशको बिकामा ल्याउने र बेरोजगार युवालाई कसरी रोजगारी प्रदान गर्ने,युवाको उर्जालाई समुचित प्रयोगका साथ हामी अघि बढने छौँ । मधेस प्रदेशको आठौं जिल्लामा शारीरिक व्याम केन्द्र ( जिम )को स्थापना गर्नेछु भने प्रतेक जिल्लामा औषधि व्यवस्थापन र पाँच सय महिलाको लागि सिपमुलक प्रदान गर्नेछु भने यसपालीको नौ औं अन्तर्राष्ट्रिय खेलको लागि प्रदेशबाट खेलाडी पठाउनेछु बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -