23.1 C
Kathmandu
Wednesday, August 17, 2022
23.1 C
Kathmandu
29 C
Birgunj

पक्राउ पुर्जी जारी भएपछि जनकपुरधामका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष र सचिव फरार

सिफारिस

पूर्व वडाध्यक्ष रमेश ठाकुर

- Advertisement -

जनकपुरधाम, असार १८ । नक्कली नागरिकता बनाउनका लागि वडाबाट सिफारिस गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर फरार भएका छन् ।

- Advertisement -

वडाध्यक्ष रहेको समयमा ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै जिल्ला अदालत धनुषाले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्धसमेत पक्राउ पुर्जी जारी गरेको छ । ठाकुरसँगै वडा सचिव रायसमेत फरार भएका छन् । नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई फेरी वडा नम्बर–८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि ठाकुरविरुद्ध मुद्दा परेको थियो ।

धनुषाको मुखियापट्टी मुसहरनियास्थित तुलसियाही जब्दीका आनन्द मिश्रले २०७० साल जेठ १९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए । उनै मिश्रलाई पुनः जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बाट आनन्द मोहन शरणको नाममा नागरिकताका लागि सिफारिस गरिएको पाइएको छ ।

मिश्रले २०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा जिल्ला प्रशासन कार्यालयबाट अर्को नागरिकता प्राप्त गरेका हुन् । दूबै नागरिकतामा भने उनको जन्म मिति तथा स्थान फरक फरक देखाइएको छ । उनको पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ भने अर्को नागरिकतामा बुवाको नाम देव शरण उल्लेख गरिएको छ । आनन्द अहिले कारागारमा छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -