शनिबार, बैशाख २९, २०८१
Sat, May 11, 2024

आइपिएलमा आज कोलकोता र...

२९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुदै...

सिर्सिया नदी सफाई: हात्ति...

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीमा प्रदूषित पानी बगाउने कार्य...

यी ठाउँमा चट्याङ र...

२९ वैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको विहार...

गिल र सुदर्शनको शतकको...

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित...
20.1 C
Kathmandu
28.3 C
Birgunj

आयोग नयाँ प्रविधि र नयाँ अभ्यासका साथ अघि बढ्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२४ साउन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न सङ्घीय र प्रदेश सभाको निर्वाचनमा नयाँ प्रविधि र नयाँ अभ्यासका साथ आयोग अघि बढ्ने बताउनुभएकाे छ ।

- Advertisement -

उहाँले समय अभावका कारण स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम अपेक्षा गरे अनुरुप हुन नसकेको पनि बताउनुभयाे ।

आयोगको कार्यालय काठमाडौँमा आज आयोजित स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले पर्याप्त समय नहुँदा मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको बताउनुभयो ।

- Advertisement -

प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा भएका राम्रा अभ्यासको निरन्तरता र कमीकमजोरीलाई सुधार गरी आगामी निर्वाचनमा मतदाता शिक्षाको प्रभावकारिता अभिवृद्धिमा जोड दिइने जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले सुविधा सम्पन्न र साक्षर भनिएका ठाउँहरूमा समेत मतपत्र बदर भएको भन्नुहुँदै यसो हुनुको कारण र समाधानको उपाय समेत खोज्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्नुहुँदै आसन्न निर्वाचनका लागि सामाग्री उत्पादन र प्रसारणमा आयोग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले सामाजिक सञ्जाल मार्फत निर्वाचन आचार संहिताको उल्लङ्घन गर्ने क्रम बढेको भन्दै त्यसको प्रभावकारी नियमनको खाँचो औँल्याउनुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार