शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

अपुरो तिलावे पुल उद्घाटन गर्न लागेपछि चाैतर्फी विरोध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २४ साउन- एप्रोच सडक र नदी नियन्त्रणको काम नसक्दै हतारमा तिलावे पुलको उद्घाट्न हुन थालेपछि चाैतर्फी विरोध गरिएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बुधबार पुल उद्घाट्न गर्ने तय भएको जनाइएको छ । तर बल्ल बल्ल निर्माण हुदैं गरेको पुल अहिले अपुरो नै रहेकोले हतारमा उद्घाटन गर्न नहुने तर्क युवाहरुको छ । हाल उनीहरुले विभिन्न माध्यम र सामाजिक सन्जाल मार्फत हतारमा पुल उद्घाटन हुन लागेको भन्दै सो को विरोध गरिरहेका छन् ।

- Advertisement -

पर्साको ग्रामीण भेगलाई सदरमुकाम बीरगन्जसँग जोड्ने तिलावे पुल बल्लतल्ल निर्माणको संघार त पुगेको छ, तर अपूरो छ । करिब ९ महिना अगाडि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदारसहितको सर्वपक्षिय बैठकले अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य सुचारु गर्ने सहमति गराएको थियो । बैठकमा पुलको निर्माण चैत मसान्तभित्र सक्ने सहमति भएको थियो । निर्माणको ठेक्का पाएको पप्पु/लुम्बिनी जेभि(जोइन्ट भेन्चर)ले पटक–पटकको आन्दोलन र दबाबपछि निर्माण कार्य सुचारु गरेपछि हाल पुल निर्माणको अन्तिम चरणमा पुगेको हो ।

तर त्यस बेलाको पुल निर्माणका लागि गठित समूहका एक अगुवा राकेश यादवले एप्रोच सडक निर्माण र खोला नियन्त्रणको काम पूरा नभएको बताए । ‘हामीलाई केवल पुल मात्र चाहिएको होइन, पुलसँगै जोडिएको एप्रोच सडक र नदी नियन्त्रणको काम पनि सम्पन्न गरिनुपर्छ,’ उनले भने, ‘नत्र फेरि विरोधमा उत्रन बाध्य हुनेछौं ।’ समूहका अर्का अगुवा दिनेश मिश्रले ठेक्का सम्झौतामा उल्लेख भएका सबै भौतिक पूर्वाधार ठेकेदार कम्पनीले निर्माण गर्नुपर्ने बताए । ‘एप्रोच सडक बिनापुलबाट आवागमन गर्न गाह्रो हुन्छ,’ उनले भने ।

- Advertisement -

सो समुहका अर्का सदस्य जय यादव भन्छन्, “यो उद्धघाटन हामीलाई स्वीकार्य छैन, । घोर विरोध प्रकट गर्दैछौ । ठेकेदारको चाल सबैलाई थाहा छ, एकपल्ट काम छोड्यो भने फेरि भेट हुदैन । त्यसैले, यो उद्घाटन स्वीकार्य छैन । सम्पूर्ण काम पूरा भएपछि मात्र उद्घाटन गरिनुपर्छ ।” यादवले अपुरो पुल उद्घाटनको विरोध गर्न सामाजिक सन्जालमार्फत सम्पूणलाई आवहान समेत गरिरहेका छन् ।

हतारमा पुल उद्घाटन गर्न लागिएकोबारे सामाजिक सन्जालमा विरोध प्रकट गर्दै अर्का सचेत युवा रोज महमद लेख्छन्, “अधुरै काम भएकोमा उद्घाटन गर्न आखिर यति हतार किन ? तिलावे पुल अहिले पुरै अधुरै अवस्थामा रहेको हामी सबै जनाले प्रष्ट रुपमा देखिरहेका छौं । यति हुँदा हँुदै पनि हतारमा यसरी उद्घाटनको आवश्यक्ता नै छैन । ३ साल को ठाउँमा ७ साल सम्म कुर्दा हतार नै थिएन । अहिले के को यति हतार ? बढ़ी मा १–२ महिना थप अरु लाग्ला । यहाँ निर हामी सबैको ध्यान जाओस् ।”

उता, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगन्जका सूचना अधिकृत इन्जिनियर दुर्गा मण्डलले हालसम्म करिब ८० प्रतिशत मात्र काम भएको भन्दै एप्रोच सडक कालोपत्र गर्न बाँकी रहेको र नदी नियन्त्रणको काम सुरु नै नगरिएको स्वीकार गरे ।

तर, ठेकेदार पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारले पुल पूर्ण रूपले तयार भइसकेको दाबी गरे । उनले पुल तयार भइसकेको पनि १ सय मिटर एप्रोच सडक बनाउन बाँकी रहेको र त्यसका लागि भर्खरै माटो हालिएको बताए । माटोले एक वर्षाको पानी खाएपछि दसैंपछि एप्रोच सडक बनाउनु उपयुक्त देखेर हाल नबनाएको उनले भने ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार