बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : मन्त्री चौधरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०६ असाेज । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् ।

- Advertisement -

जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरूको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’

जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने जनाए ।

- Advertisement -

‘तपाईंहरु फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउने छौँ । बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छैन । काम निर्धारित समयभित्रै सक्नुस् । काम गर्दा गुणस्तरीयतामा कमी नहोस् । तपाईंहरुले पनि निरन्तर आयोजनाहरूको निगरानी गर्नुस्,’ उनले भने ।

यस आयोजना अन्तर्गत जलेश्वर–२ मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नति, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नति, जनकपुरधाम स्थित रामजानकी कट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नति, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नति लगायतका योजनाहरू रहेका छन् । आयोजनाको कुल अनुमानित लागत १० करोड रुपैयाँ रहेको छ ।

त्यसैगरि सहरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रम अन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नति कार्यको पनि शिलान्यास गरेका छन् । जस अन्तर्गत २.२ कि. मि. लम्बाईमा १६ मि. चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ । दुवैतर्फ बिरुवा रोपेर हरियाली कायम गरिने जनाइएको छ । यस आयोजनाको अनुमानित लागत २० करोड रुपैयाँ रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -