मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.7 C
Birgunj

गठबन्धनले नरोकेको भए जन्मसिद्धका सन्तानले नागरिकता पाइसक्थे : शंकर पोखरेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०६ असाेज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनले अवरोध गरेको आरोप लगाएका छन् ।

- Advertisement -

बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप लगाए ।

पोखरेलले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानको हक सुनिश्चित गर्न हामीले अध्यादेश ल्याउँदा रोक्न खोज्नेहरू अहिले एमालेले नागरिकतामा अवरोध गरेको प्रचार गर्दैछन् । यदि त्यो अध्यादेश नरोकेको भए जन्मसिद्धका सन्तानले नागरिकता पाइसकेका हुन्थे ।’

- Advertisement -

राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट चुनौती दिन खोजेको आरोपसमेत महासचिव पोखरेलले गठबन्धनमाथि लगाए । गणतन्त्र र संविधानमाथिको प्रहार गठबन्धनले गरेको पोखरेलले बताए ।

साथै पोखरेलले ५ दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् ।

गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए ।

‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो चेलीहरुको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरुको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरुसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -