9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
14.2 C
Birgunj

सिरहामा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम – सिरहामा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

- Advertisement -

पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पँचायत भासर मछहा -८ भन्सार चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शनिबार जिल्लाको नरहा गाउँपालिका ५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा मो.रेजाउल्लाहले पाईलट चुरोट १ प्याकेट खरिद गरी नक्कली एक हजार नेपाली रुपैयाँ दिएपछि ईलाका प्रहरी कार्यालय नरहा सिरहामा सूचना गएको थियो ।

प्रहरीमा नक्कली रुपैयाँको सूचना गएपछि तत्काल घटना स्थलमा प्रहरी टोली मो.रेजाउल्लाहलाई नियन्त्रणमा लिँदा उनको साथबाट नेपाली रुपैया १ हजारको ३१ वटा नोट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -