शुक्रबार, बैशाख १४, २०८१
Fri, April 26, 2024

पर्साका विभिन्न् सरकारी ...

बीरगन्ज,१४ वैशाख । सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको मागका साथ पर्साका २ सय...

रेशमको मुद्धामा मिसिल झिकाउन...

काठमाडौं,१४ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी...

वैशाख १६ गते विभिन्न...

काठमाडौं,१४ वैशाख । सरकारले आइतबार देखि ७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको...

सिरहामा आमाले ५ वर्षीया...

बीरगन्ज,१४ वैशाख । सिरहामा आमाले आफ्नै ५ वर्षीया नाबालक छोराको हत्या गरी...
30.1 C
Kathmandu
43.4 C
Birgunj

प्रदीप यादव फेरी जित्न किन आवश्यक ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सङ्घर्षको मैदानमा लामो समय खारीएर पर्साको राजनितिमा उदायका नेता हुन् प्रदीप यादव । मधेशवादलाई मूल मुद्दा बनाएर राजनितिमा होमिएका नेता यादवले मधेशी जनताको हक अधिकारका मुद्दालाई दह्रोसँग उठाउँदै आएका छन् । मुद्दामा अडान लिने र आवश्यक पर्दा जस्तो सुकै लडाईका लागि तयार रहने यादवको हक्की स्वभावलाई यस क्षेत्रका मतदाता र शुभेच्छुकले मन पराएका छन् । हजारौँ युवाहरुले उनको सिद्दान्तलाई अवलम्बन गरेका छन् , सहयात्री बनेका छन् । विगतलाई फर्केर हेर्दा राजनितिमा प्रदीप यादवको यात्रा जति कठिन र सङ्घर्षपूर्ण देखिन्छ उनको निर्वाचन क्षेत्र पनि उत्तिकै पेचिलो र चुनौतिपुर्ण रह्यो ।

- Advertisement -

राष्ट्रिय राजनितिमै प्रभाव पार्ने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ पर्सामा जित निकाल्नु चुनौतिपूर्ण हुनुको साथै गौरवको विषय पनी हो । राष्ट्रिय राजनितिलाई नयाँ मोड दिने ईतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासीक आन्दोलनलाई नेतृत्व गर्ने क्षेत्र हो पर्सा निर्वाचन क्षेत्र नम्बर १ । यहाँबाट पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई निर्वाचीत भएका थिए । यो क्षेत्रको अर्को महत्वपूर्ण पाटो भनेको एकपटक विजयी भएका उम्मेदवार अहिलेसम्म दोहोरीएका छैनन् । कठिन क्षेत्रबाट निर्वाचीत हुँदै राज्युसत्ताले दोहनको केन्द्रमात्र बनाएको पर्सा जिल्लाबाट वन तथा वातावरण मन्त्री बन्ने उनको राजनितिक यात्रा सङ्घर्षमी त छ नै साथसाथै लोभलाग्दो पनि ।

उनि निर्वाचीत भएर सदन प्रवेश गरेदेखि निभएका भूमिकाका कारण चर्चामा रहँदै आएका छन् । वाईड बडी विमान भ्रष्टाचार प्रकरणको छानविन समिति र वन व्यवस्थापन संसदीय समितिमा रहेर उनले गरेको कार्यसम्पादन सम्झनलाएक रह्यो । राज्यले पर्सा जिल्ला र वीरगञ्जलाई सधैँ राजश्व दोहनको केन्द्र मात्र बनाएको छ । मौखिक आर्थिक राजधानी भनीए पनि आधिकारीक रुपमा आर्थिक राजधानी घोषणा गरेर वास्तवमै त्यसको पूर्वाधार विकासमा कहिल्यै जोड दिएको पाइँदैन । बरु यस क्षेत्रमा भएका वीरगञ्ज चिनी मिल र कृषी औजार कारखाना लगायातका ठूला उद्योग रुग्ण हुँदै बन्द भए । अर्थमन्त्रीले पर्सालाई कम बजेट विनियोजन गरेपछि प्रदीप यादवले ससंद्मै ललीपप देखाएर सरकारलाई यस्तो गतिविधि बन्द गर्न सचेत गराएका थिए । केटाकेटिलाई ललिपप दिएर भुलाए जस्तै पर्सा जिल्लालाई ललिपपरुपी बजेट दिएको भन्दै सरकार र अर्थमन्त्री विरुद्ध व्यङग्य गरेका थिए जसको देशव्यापी चर्चा भएको थियो ।

- Advertisement -

सासंद् भएर उनले संसद्मा निभाएको भूमिका मधेशवासीका लागि सधैँ सम्झनलाएक रह्यो । मधेशको महत्वपूर्ण मुद्धा नागरिकता विधेयकमा उनले सर्वोच्चमा रिट हालेर मधेशी जनताको पक्षमा फैसला गराउन सफल रहे । संसद्मा पनि नागरिकता विधेयक पास गर्न निरन्तर आवाज उठाईरहे । समस्या र चुनौतिमा सधैँ अग्रस्थानमा रहेर लडेका यादवलाई अवसर पाउन पार्टीमा पनि उत्तिकै सङ्घर्ष गर्नुपर्‍यो । मन्त्री बन्नै लाग्दा उनिविरुद्द षड्यन्त्र गरीयो । यद्यपी प्रदीपको गति र शत्तिको अगाडि समयको केहि लागेन अन्ततगत्वा उनी नेपाल सरकारको वन तथा वातावरणमन्त्री बन्न सफल भए । यादवको मन्त्रीकालीन कार्यकाल पनि सम्झनलायक रह्यो । उनले वन तथा वातावरण मन्त्रालयको अनिर्णयको बन्दि बनेका राष्ट्रिय योजनाका फाईलहरु धमाधम पास गरेर काम अगाडि बढाए । विकासलाई निकास दिए । वीरगञ्ज पथलैया औद्योगिक करीडोरको लागि महत्वपूर्ण मानिएको बाराको बन क्षेत्रमा पर्ने ३३ केभिए विद्युत प्रशारण लाईनलाई अगाडि बढाउने, हुलाकी सडकको अवरोध हटाउने र वीरगञ्जको रामवनमा प्राकृतिक चिडियाघर बनाउने जस्ता यस क्षेत्रको कायापलट गर्न सक्ने योजनाहरुलाई कार्यान्वयनमा ल्याए ।

त्यति मात्र नभई उनले आफ्ना क्षेत्रभित्र पनि विकासको बाढि नै ल्याएका छन् । राष्ट्रिय गौरव तथा सम्मानको लागि यादवले आफ्नो विशेष पहलमा नेपालको प्रमुख प्रवेशद्वारको रुपमा परिचीत वीरगञ्जको शङ्काराचार्य गेटमा देशकै सबै भन्दा ठूलो फ्लायग टावर निर्माण गरेका छन् । जुन सानले फहराईरहेको सिमावर्ती भारतीय बजार रक्सौलबाट समेत प्रष्ट देख्न सकिन्छ । यादवले शिक्षा, स्वास्थ्य तथा रोजगारी लगायतको कुरामा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । आफ्नै क्षेत्रमा पर्ने रणनैतिक सडकको शिलान्यास गरे, जुन जगरनाथपुरदेखि मिलन चौक हुँदै राष्ट्रिय ६ लेन सडकखण्डमा जोडिन्छ । यो सडकले ग्रामीण इलाकालाई सहजरुपमा वीरगञ्ज शहर तथा त्रिभुवन राजमार्गसँग जोडने काम गर्छ । यो सडकले कृषकहरुलाई समेत आफ्नो उत्पादनलाई बजारसम्म पुर्‍याउन सहजता प्रदान गरेको छ ।

त्यसै हरपतगञ्जदेखि बहुअरीसम्मको ५ किमि सडक, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ मा कोनियाँ गाउँ हुँदै चोर्नीसम्मको पिच सडक निर्माण, ईस्लामपुरदेखि जनता सडकसम्म सडक स्तरोन्नति, वडा नम्बर २२ जगरनाथपुरमा आइसीपी सडकदेखि पूर्व ओलायत मियाँको घर हुँदै दक्षिणपट्टीको ६ सय मिटर सडक ढलान, वीरगञ्ज श्रीपुर स्कूलको दोश्रो तल्लाको भवन निर्माण, वाड नम्बर १३ मा रामराज पूलको पूर्व रामजानकी मन्दिर निर्माण, जनताको माग बमोजिम विभिन्न टोलमा नाम सहितको प्रवेशद्वारहरु निर्माण, वडा नमार २२ मा दलित आवास कार्यक्रम, वडा नम्बर २३ मा शौचालय निर्माण, कोनियामा पूल ढलान तथा पर्सा निर्वाचन क्षेत्र नमब्र १ को दर्जनौँ ठाउँमा बसविसौनी निर्माण लगायतका योजनाहरुलाई मूर्त रुप दिएका छन् ।

कोरोना भाईरसले जनतालाई आक्रान्त पारेको बेला नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै यादवले संसदीय विकास कोषबाट पैसा रकमान्तर गरी वीरगञ्ज महानगरपालिकालाई दुई वटा सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराएका थिए । त्यस्तै हरेक वडाहरुमा यादवको पहलमा धर्मशाला तथा विवाह भवन निर्माण गरेका छन् । उनले जनताको घरदैलोमा पुगेर जनताको दु:खसुखमा सरिक मात्र भएनन् धार्मिक, नैतिक, कला संस्कृतिको जगेर्नाको लागि मन्दिर, मस्जिद, इदगाह तथा नाचघर समेतको निर्माण कार्यमा सहयोग गरे । यादवले थारु संस्कृतिको लागि निर्माण गरिएको नाच घर जुन २०७२ सालको भुकम्पमा जिर्ण भईसकेको थियो, त्यसको निर्माण पूरा गराई यादवले थारु कलाकारहरुको प्रतिभा प्रष्फुटनमा पनि सहयोग पुर्‍याउने काम गरे ।

प्रदीप यादवको नेतृत्व यति परिपक्व छ जसले गर्दा उनले पार्टी तथा गठबन्धनलाई पर्साको हरेक क्षेत्रमा जित दिलाउन सफल रहँदै आएका छन् । उनकै नेतृत्वमा जसपाले मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा दुई पटक जित निकाल्यो भने जिल्ला समन्वय समतिमा पनि दुवै पटक जित हासिल गर्न सफल भयो । जसले गर्दा वीरगञ्जवासीले उनलाई होनहार तथा राष्ट्रिय राजनीतिमा जनता समाजवादी पार्टीको तर्फबाट उदयीमान नेताको रुमा लिंदै आएका छन् । उनै प्रदीप यादव यसपटक पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ पर्साबाट सांसद् पदको उम्मेदवार छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक कृषि खेती, महिला सशक्तिकरण, नागरिकता विधयेक लगायतका मुद्दाहरुलाई यादवले आफ्नो चुनावी एजेण्डा बनाएका छन् । राष्ट्रिय राजनीतिमा जनता समाजवादी पार्टीले आफ्नो छाप छोड्ने नितिका साथ यसपालीको चुनावी घोषणा पत्र जारी गरेको कुरालाई आत्मसाथ गर्दै यादवले आफ्नो क्षेत्रको बासिन्दाको जनजीवनलाई परिवर्तन गर्ने, क्षेत्रबासीलाई आत्मनिर्भर बनाउने महत्वकांक्षी योजनाहरु अगाडि सारेका छन् । नेकपा एमाले गठबन्धनको बन्ने आगामी सरकारमा फेरी प्रदीप यादव मन्त्री बन्ने पक्का रहेको कारण उनलाई सदन पठाउन जरुरी देखिन्छ ।

उनी आफ्नो जितलाई यसपटक दर्ज गराउँदै पाँच वर्षे कार्यकालमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा जारी रहेको राष्ट्रिय गौरवको योजनाहरुलाई मूर्तरुप दिन चाहन्छन् । उनी आफ्नो क्षेत्रवासीको सामाजिक, आर्थिक, शैक्षिक जीवनलाई उकास्न चाहन्छन् । उनी आफ्नो क्षेत्रमा सूचना, प्रविधि, सुरक्षा लगायतको सवलीकरण तथा बजारमा बिक्ने दक्ष जनशक्ति उत्पादनको अभियानलाई सार्थक रुप दिन चाहन्छन् । त्यसकारण चर्चित, कर्मठ, इमान्दार, जेहेन्दार, जुझारु, जनप्रिय नेता प्रदिप यादवलाई एक पटक फेरी मौका दिन जरुरी रहेको छ । आगामी निर्वाचनका लागि नेता यादवले जनप्रिय एजेण्डा तथा योजनाहरु अगाडि सारेको कारण पनि यादवलाई जिताउन जरुरी रहेको मेरो बुझाई छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार