10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

बारामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१४ मंसिर । बारा जिल्लाको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो ।

- Advertisement -

स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए ।

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -