बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

पर्सा, बारा, रौतहटलगायतका जिल्लाका...

बीरगन्ज,०६ वैशाख । देशैभर नयाँ शैक्षिक शत्र सुरु भइसकेको छ । शैक्षिक शत्र...

जनकपुरमा जल्दै गरेको अवस्थामा...

बीरगन्ज,०६ वैशाख । जल्दै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकामा १ युवतीको शव फेला परेकाे...

लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल बिस्तार,...

काठमाडौँ,०६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन्...

शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन...

काठमाडौँ,०६ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग...
28.1 C
Kathmandu
38.4 C
Birgunj

बजेटको दुरुपयोग हुन नदिन कृषिमन्त्री साहको निर्देशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ माघ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छन् ।

- Advertisement -

मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराब काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढ्ने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन् ।

कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघट्ने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटकपटक दोहो¥याइन् । कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताइन् ।

- Advertisement -

मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने समेत बताइन् । उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढ्न जरुरी रहेको समेत बताइन् । कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सुरुवात गर्ने मन्त्री साहको भनाई थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार