7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

पर्सामा माघ ९ र १० गते बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप लगाइने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ माघ । पर्सामा ५ वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप माघ ९ र १० गते लगाइने भएको छ ।

- Advertisement -

जिल्ला खोप समन्वय समिति पर्साको मङगलबार बसेको बैठकले जिल्लाभर रहेका ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई यहि माघ ९ र १० गते कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाका १४ वटै पालिकाममा खोप क्न्द्र सन्चालन गरि उक्त उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने निर्णय गरेको ठाकुरले बताए ।

- Advertisement -

बैठकले खोप अभियान सन्चालनका लागि स्वास्थ्य कार्यालय पर्साले १४ वटै पालिकामा समन्वय गर्ने, खोप अभियान सन्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ , नेपाल ररेडक्रस सोसाइटी, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग समन्वय गर्ने निर्णय पनि गरेको ठाकुरले जानकारी दिए।

फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिने गरेकाले यो अभियानमा सरिक भइ आ आफना बालबालिकालाई खोप लगाउन अभिभावकहरुलाई ठाकुरले आग्रह पनि गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -