7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

पोखरियामा शिक्षक अभावले गर्दा विद्यार्थीको पढाईको गुणस्तर खस्कियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

शैलेश गुप्ता
पोखरिया, ५ माघ- पर्साको पोखरियामा शिक्षकको अभावले गर्दा दिनानुदिन विद्यार्थीको पढाईको गुणस्तक खस्किदो पाइएको छ । विद्यार्थी संख्या अनुसारको शिक्षक हुँदा विद्यालयमा गुणस्तरीय पढाई हुन नसकिरहेको अभिभावकहरुको गुनासो छ ।

- Advertisement -

पोखरिया नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सतवारियाको विद्यार्थीहरुले किताब पनि पढ्न नसकिरहेको अभिभावकहरु बताउँछन् ।

हाल सोे विद्यालयमा १८९ विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा हाल दुई जना शिक्षक र एक जना बालविकास गरी तिन शिक्षक र एक कार्यालय सहयोगी रहेका छन् । जुन शिक्षक संख्या अपर्याप्त भएको अभिभावकहरुको गुनासो छ । शिक्षकको अभाव हुँदा कक्षाहरु मर्ज गरेर चलाइने गरेको उनीहरुको गुनसो छ । यसरी मर्ज गरेर कक्षा चलाउँदा विद्यार्थीहरुको सिकाई प्रभावकारी हुन नसकेको एक अभिभावकले बताए ।

- Advertisement -

साथै, शिक्षक अनुपस्थित हुँदा झनै समस्या हुने गरेको सो विद्यालयमा कार्यरत एक शिक्षकले बताए । जसको प्रत्यक्ष मारमा त्यहाँका विद्यार्थीहरु परिरहेका छन् । विद्यार्थीहरुको सिकाई प्रभावकारी हुन नसक्दा उनीहरुका शब्द उच्चारण गर्न समेत असक्षम छन् । पढाईको स्तर यतिसम्म खस्किएको छ कि कक्षा ४ र ५ मा पढ्ने विद्यार्थीहरुको शब्द समेत उच्चारण गर्न सक्दैनन् ।

यस विषयमा नेपाल पोष्ट डेलीले प्रधानाध्यापक रोबैधा खातूनसँग बुभ्mदा विद्यालयमा शिक्षक अभावले पढाईको गुणस्तर कमजोर रहेको स्वीकारिन् । खातूनका अनुसार नगरपालिकामा आफूले सबै प्रक्रिया पूरा गरी पटक पटक शिक्षक माग गरे तापनि कुनै सुनवाई नभएको बताइन् । हाल १ जना शिक्षक थपिएको र अझ ३ जना शिक्षक कमी रहेको प्रअ खातूनले बताइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -