10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने कांग्रेसको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ माघ । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले उपसभामुख प्रतिपक्षबाट हुन पर्ने माग गरेका छन् । संविधानमा सभामुख र उपसभामुख फरक पक्षको हुनुपर्ने व्यवस्था भएको भन्दै उनले यस्तो माग गरेका हुन् ।

- Advertisement -

संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्नुको मतलब फरक पक्षको भनिएको सांसद पाण्डेले बताए ।

प्रतिनिधिसभामा शनिबार उपसभामुखमा कांग्रेस नेतृ मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख सत्तापक्षबाट भएपछि उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने बताएका हुन् ।

- Advertisement -

‘सत्तापक्षले प्रस्ताव गरेको व्यक्ति सभामुख भएपछि उपसभामुख प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति हुनुपर्छ, यसरी मात्र सदनलाई एकतावद्ध बनाएर लैजान सजिलो हुन्छ’ उनले भने ।

संघीय संसदको दुबै सदनमा काम गरेको, संसदीय समितिहरुमा पनि मिहिनेतपूपर्वक काम गरेको, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धेरै मत ल्याएर जितेको, लामो समय शिक्षण पेशामा रहेको र ११ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले यादव उपसभामुखका लागि योग्य भएको सांसद पाण्डेको दाबी छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -