बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

मधेस प्रदेशमा तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१० माघ । मधेस प्रदेशको मन्त्रिपरिषद् आगामी तीन दिनभित्र विस्तार गर्ने तयारी गरिएको छ। मंगलबार बसेको सत्ता साझेदार दलहरूको बैठकले तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो।

- Advertisement -

मुख्यमन्त्री निवासमा पहिलो चरणको बैठक सकाएर पुनः बस्ने बैठकले आजै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेको नेकपा एमालेका संसदीय दलका नेता एवं बिनाविभागिय मन्त्री सरोजकुमार यादवले बताए।

सत्ता साझोदर दलहरूबीच मन्त्रालयको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी समेत भएको छ।

- Advertisement -

अहिलेसम्मको छलफलमा माओवादीले १, जनमतले २, जसपाले ३ र एमालेले ४ वटा मन्त्रालय पाउने सहमति भएको छ।

यस्तै, सरकारलाई समर्थन गरेका लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागिता गराउने तयारी गरिएता पनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा लोसपा विपक्षी गठबन्धनलाई सहयोग गरेका कारण तत्काल मन्त्रिपरिषदमा सो पार्टीलाई सहभागी नगराउने मन्त्री यादवले जानकारी दिए।

उनका अनुसार बिनाविभागीय मन्त्रीलाई भने आज विभाग तोकिने छ।

गत पुस २७ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका जसपाको संसदीय दलको नेता सरोजकुमार यादवले २९ गते तीन बिनाविभागीय मन्त्रीसहित पद तथा गोपनीयताको सपथ लिएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -