काठमाडौं,१५ माघ सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पूरा गर्न रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पूरा गर्न आदेश दिएको थियो । सोह अनुसार लामिछाने केहीबेरअघि प्रशासन पुगेका हुन् ।
लामिछालेले नागरिकता लिनका लागि गृह मन्त्रालयसँग समेत परामर्श गरेका थिए । गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेका हुन् ।
सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पूरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो । अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएपछि त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युताउन लागेका हुन्