बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

अदालतको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे केही हुँदैन : प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताएका छन् ।

- Advertisement -

मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ब्रिफिङ गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए ।

‘गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ’, महराको भनाइ छ । उनले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको महराले बताए ।

- Advertisement -

‘राष्ट्रपतिका सवालमा सकेसम्म एमालेसहितको राष्ट्रिय सहमति हुनुपर्छ भन्ने धारणा आएको छ’, महराले भने, ‘राष्ट्रपति को हुन्छ भन्नेमा अझै समय बाँकी रहेकाले छलफल गर्दै जाने बताए ।

मंगलबारको बैठकमा हिजो बोल्न बाँकी स्थायी समिति सदस्यहरूले धारणा राखेको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -