सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
23.1 C
Kathmandu
33 C
Birgunj

बीरगन्ज महानगरले सुरु गर्यो निशुल्क लोकसेवा तयारी कक्षा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२८ माघ बीरगन्ज महानगरपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभाबमा तयारी गर्न नसकेकाहरुलाई लक्षित गर्दै निशुल्क तयारी कक्षा सुरु गरिएको हो ।

- Advertisement -

तयारी कक्षाको शनिबार महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नु भएको छ । युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको  महानगरप्रमुख सिंहले बताउनुभयो । निजामति प्रशासन, शिक्षक तथा सुरक्षा क्षेत्रमा यहाँका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै महानगरले युवाका लागि तयारी कक्षा संचालन गरेको पनि उहाँले बताउनु भयो ।

तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुषको सहभागिता रहेको छ । महानगरले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागिहरुले बताएका छन् ।

- Advertisement -

महानगरले निशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिन पर्ने बाध्यता हटेको उनीहरुको भनाई थियो । राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै महानगर प्रमुख सिंहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउन भनेर तयारी कक्षा अघि बढाइएको उहांको भनाई थियो । तयारी कक्षामा बीरगन्जका मात्रै नभई पर्सा बारा लगायत विभिन्न स्थानका युवाहरुको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा यू।डी।वाई सेफ कम्प्युटर एजुकेसनले तयारी कक्षा अगाडी बढाएको हो । सहभागीहरुलाई धनञ्जय कुमार सिंह, सुरज राम, श्यामबिनय चौधरी, सुरज कुमार यादव र हेमन्त यादवले प्रशिक्षण दिनुहुने छ । शनिबार आयोजित तयारी कक्षा उद्घाटन सत्रमा वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, कार्यपालिका सदस्य कनिका कौसिक, महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, सामाजिक विकास शाखा प्रमुख राजिब गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनका संचालक बंसी गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार