शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

बीरगन्जको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुइचो, मेलामा कुस्ती प्रतियोगिताको रौनकता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,६ फागुन – बिगतमा ओझेलमा पर्दै आएको बीरगन्जको पिपरा स्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा भव्य मेला लागेको छ । पछिल्लो पटक बीरगन्ज महानगरपालिकाले मन्दिरको प्रचार प्रसार तथा सरसफाईमा बिशेष तारुपता देखाएपछि मन्दिरमा दिनहु दर्शन गर्न आउँन भक्तजनहरुमा बढोत्तरी भएको स्थानियहरुको भनाई छ । मन्दिरमा यसपाली महाशिवरात्रिमा भव्य मेला समेत लागेको छ ।

- Advertisement -

बीरगन्ज चिनीमिल अवास क्षेत्र परिसर भित्र रहेको काठमाडौं उपत्यका बाहिरको एक मात्र पशुपतिनाथ मन्दिर चिनीमेल कारखाना बन्द भएदेखि नै ओझेलमा पर्दै आएको थियो । तर पछिल्लो पटक महानगरले मन्दिरको सौन्दर्यकरण गर्ने एवं महाआरती लगायतको कार्यक्रमको आयोजना गरी प्रचार प्रसारलाई तिब्र बनाएपछि यस पटकको महाशिवरात्रिको अवसरमा मन्दिरमा दर्शन गर्न आउँने भक्तजनहरुको भिड लागेको हो ।

महानगरपालिकाले यस पटक मन्दिर क्षेत्र नजिकै रहेको खुल्ला चौरमा कुस्ती प्रतियोगिता एवं सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेपछि थप रौनकता बढेको पिपराका समाजसेवी रामप्रवेश पटेलले बताए । स्थानियहरु पनि मन्दिरको संरक्षण, प्रचार प्रसार तथा मेला व्यवस्थित गर्न समिति नै गठन गरी लागेपछि मेलाको रौनकता थप बढेको हो । शनिवार महाशिवरात्रिको अवसरमा आयोजना गरिएको कुस्ती प्रतियोगिता हर्न हजारौको सख्या दर्शकहरुको उपस्थित रहेको थियो ।

- Advertisement -

कुस्ती प्रतियोगिता हेर्न बीरगन्जका मेयर राजेशमान सिंह, समाजसेवी रामशिष प्रसाद कुर्मी, कुष्ण कुमार कुर्मी,श्याम पटेल लगायतका स्थानिय नेता समाजसेवीहरुको उपस्थिती रहेको थियो । पहिलो पटक आयोजना गरिएको कुस्ती प्रतियोगितालाई सोचे जस्तो भव्य बनाउँन नसकिए पनि दर्शकहरुको उत्साह एवं भिड हेरेर हामी हौसिएको तथा अगामी दिनमा थप भव्य रुपमा कुस्ती प्रतियोगिताको आयोजना गर्ने स्थानिय युवा नेता बिशेश्वर प्रसाद पटेलले बताए ।

कुस्ती प्रतियोगितामा नेपाल र भारतको प्रख्यात ४० भन्दा बढी कुस्तीबाजहरुको सहभागिता रहेको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो । मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको रौनकता बीरगन्जको पिपरा एक पुनः हेर्न पाइएको खेल हेर्न आएको बीरगन्ज भिस्वाका राजेश्वर जैसवालले बताए ।

मन्दिरलाई बीरगन्ज महानगरपालिकाले थप सौन्दर्यकरण गर्ने तथा मन्दिर क्षेत्रलाई संरक्षण गरी पर्यटकिय स्थलको रुपमा बिकास गर्ने बताउँदै आएको छ । महाआरती तथा शिवरात्रिमा लागने मेलाको लागि भन्दै महानगरपालिकाले मन्दिरको रंग रोदन एवं मन्दिर अगाडी रहेको पोखरीको सरसफाई गरेको थियो । खुल्ला,रमणिय एंव शान्ति क्षेत्रको रुमा रहेको मन्दिर बीरगन्जको मुख्य बजार भन्दा बाहिर रहेको कारण पनि मन्दिरमा आउन भक्तजनहरु आकर्षित हुदै आएका छन् । मन्दिरमा शनिवार महाआरती तथा सस्कुतिक कार्यक्रमको समेत आयोजना गरिएको स्थानिय समाजसेवी रामप्रवेश पटेलले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -