बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

रिहा भए अरुण चौधरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ – नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएको कैलाली कारागारका प्रमुख लालबहादुर बोगटीले जानकारी दिए । उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन् ।

- Advertisement -

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।

उनलाई कैलाली कारागारमा माघ २० गते लगिएको थियो । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी पक्राउपछि निलम्बनमा छन् ।

- Advertisement -

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार