मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

पर्साको पोखरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा — पर्साको पोखरिया नगरपालिकामा शुक्रबार राति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ र एक जना घाइते भएका छन् ।

- Advertisement -

मृत्यु हुनेमा पर्सा जगरनाथपुर गाउँपालिका–५ मसिहानीका ४५ वर्षीय चोकट मुखिया बिन रहेका छन् भने घाइते पोखरिया नगरपालिका–३ फुलरिया का ३९ वर्षीय विश्वजित राउत गिरी रहेका छन् ।

राति करिब साढे ९ बजेको समयमा वीरगन्जबाट पोखरियातर्फ जाँदै गरेको ना ४२ प १७५९ नम्बरको मोटरसाइकल पोखरिया नगरपालिकामा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

- Advertisement -

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पोखरिया अस्पतालमा लगेकोमा बिनको राति १० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

गिरीको दाहिने हात भाँच्चिएकाले उनलाई थप उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -