मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ फागुन । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

- Advertisement -

सोमबार उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका नेता प्रदीप यादवले बताए ।
‘प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई यही चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ’ उनले भने।

‘प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गरेर सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनुभएको छ ।’ उपराष्ट्रपतिको उम्मेदवारीबारे भएको राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री प्रचण्डले थुप्रै कुरा स्पष्ट पारेको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -