सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

बीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल सर्वसम्मत

मुलुकको ४५ प्रतिशत भन्दा बढी राजस्व बीरगन्ज नाकाबाट उठ्ने गरेको हुँदा पनि यहाँका उद्योगी व्यवसायीहरुको समस्यालाई सरकारले बेवास्ता गर्दै आएको छ: अध्यक्ष अग्रवाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । बीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कुमार अग्रवाल (पटवारी) निर्वीरोध निर्वाचित भएका छन् ।

- Advertisement -

संघको ४७औँ साधारणसभा पश्चात दुई दिनपछि भएको बन्द सत्रमा अग्रवाल सर्वसम्मत रुपमा चयन भएका हुन् ।

यसैगरी संघको प्रथम उपाध्यक्षमा हरि प्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आष् िकुमार लाठ, सचिवमा सुशात चाचान र प्रेम चन्द गोयल निर्वीरोध चयन भएका छन् ।

- Advertisement -

यस्तै सह–सचिवमा निरज अग्रवाल र नरेश कुमार अग्रवाल, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार, सह कोषाध्यक्षमा अनोज रुंगटा समेत निर्वीरोध चयन भएको उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।

उपाध्यक्ष हरि गौतमका अनुसार संघका ३५ जना कार्यसमिति यसअघि निर्विरोध चयन गरिएकोमा ती मध्येबाट पदाधिकारीहरुको भने मंगलबार घोषणा गरिएको हो ।

संघमा ११ जना पदाधिकारी हुने विधानमा रहेको र रोजगारदातातर्फका उपाध्यक्ष चयन गर्न बाँकी रहेको हुँदा हालै गठन भएको नयाँ कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने संघका नव निर्वाचित अध्यक्ष अग्रवालले बताए ।

उनले आफूलाई विश्वास गरेर अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गरेकोमा संघका पदाधिकारी लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

साथै संघका सबै पदहरुमा निर्वाचन नभई सर्वसम्मत रुपले चयन भएको कारण वीरगंज उद्योगा वाणिज्य संघले इतिहास रच्न सफल भएको बताए ।

मुलुकको ४५ प्रतिशत भन्दा बढी राजस्व बीरगन्ज नाकाबाट उठ्ने गरेको हुँदा पनि यहाँका उद्योगी व्यवसायीहरुको समस्यालाई सरकारले बेवास्ता गर्दै आएको भन्दै अध्यक्ष अग्रवालले निजी क्षेत्रको विकासका लागि आफू हरेक कार्य गर्न तयार रहेको बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -