बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

शेयर बजार घट्यो

काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । ...

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...

आज – १० फाल्गुण...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक झमेलामा परिएला...
10.1 C
Kathmandu
16 C
Birgunj

सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफल हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०४ चैत । सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका हुन् ।

- Advertisement -

आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता बाँडफाँडबारे पनि छलफल हुने अपेक्षा गरिएको थियो । विश्वासको मत दलहरुबीच एक मत हुने सहमति बनेसँगै केही दलहरूले आज नै सत्ता साझेदारीको कुरा पनि टुङ्ग्याउनुपर्ने कुरा राखेका थिए । तर, प्रधानमन्त्री आफैले विश्वासको मत अघि यी विषयमा छलफल गर्न उपयुक्त नहुने बताएका थिए ।

बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवले रातोपाटीसँग भने, ‘आजको बैठकमा विश्वासको मतबारे मात्र छलफल भयो । विश्वासको मत दिनेबारे सबै दल सहमत भएका छन् । विश्वासको मत सकिएको भोलिपल्टबाट सत्ता सहकार्यबारे छलफल हुन्छ ।’

- Advertisement -

‘केही दलले यसलाई आजै टुंगो लगाऔँ भन्ने कुरा उठाएका थिए । तर प्रधानमन्त्रीले विश्वासको मतपछि यसबारे छलफल गर्ने बताउनुभयो । त्यसपछि दलहरूले आ–आफ्नो धारणा राख्ने काम भयो । अनि बैठक सकियो,’ उनले भने ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार