आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
8.1 C
Kathmandu
12.3 C
Birgunj

१७ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ चैत । त्रिभुवन विश्वविद्यालयका अन्तरगतका १७ वटा क्याम्पसमा आज स्ववियु निर्वाचन स्थगित भएको छ।

- Advertisement -

अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहे पनि आन्तरिक विवादका कारण विभिन्न १७ वटा क्याम्पसमा निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले बताए ।

उनले भने, ‘ आज विहानैदेखि प्राय क्याम्पसमा चुनाव भइरहेको छ तर विभिन्न १७ वटा क्याम्पसमा भने आन्तरिक कारणले निर्वाचन हुन सकेको छैन् त्यहाँ पनि चाडैँ गर्ने गरी तयारी गरिएको छ।’

- Advertisement -

उनले काठमाडौंका ७ क्याम्पस, काठमाडौं बाहिर चितवनमा ३ वटा, कास्कीमा ४ वटा, भैरवा २ वटा र बीरगन्जमा १ वटा गरि कूल १७ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिए।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ।

त्यस्तै उपत्यका बाहिरका बीरगन्जमा ठाकुर राम बहुमुखि क्याम्पस, चितवनमा विरेन्द्र क्याम्पस, चितवन इन्जिनियरिङ् क्याम्पस र रामपुर कृषि क्याम्पस गरी ३ क्याम्पस रहेका छन्।

कास्कीमा पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा क्याम्पस वन, नर्सिङ् क्याम्पस पोखरा, इन्जिनेरिङ् क्याम्पस रहेका छन्। भैरवामा कृषि क्याम्पस र भैरवा बहुमुखि क्याम्पस रहेको छ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार