शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

नगरपालिकामा अनियमितता भएको भन्दै अनशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०७ चैत । रौतहटको गरुडा नगरपालिकामा अनियमितता भएको भन्दै नगरप्रमुखका प्रत्याशी दीपक यादव आमरण अनशन बसेका छन् । उनी गएको स्थानीय निर्वाचनमा तमलोपाबाट गरुडा नगरपालिकाको नगरप्रमुख पदमा उठेका थिए । अनशनमा पूर्व उपप्रमुख रंगीलादेवी जैसवाललगायतका कांग्रेसका स्थानीय नेता पनि सहभागी छन् ।

- Advertisement -

नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र आफूले विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै आफू अनशनमा बसेको यादवले बताए ।

सूचनाको हक प्रयोग गरेर पनि कतिपय सूचना दिन नमानेको र नगरपालिकामा के–के काम भइरहेको छ भन्ने नगरबासीले थाहा पाउनुपर्नेमा सूचना लुकाएर अनियमितता गरेको हुनाले आफू बाध्य भई अनशन बस्नु परेको यादवको दाबी छ । नगरपालिकाभित्र धेरै अनियमितता भएको छ,’ उनले भने,‘राम्रो काम गरेका छ भने सूचना माग्दा किन नगरप्रशासन दिन मान्दैन । नगरप्रमुख किन भागेर हिँड्छन् । जबसम्म सूचनाको मागको सम्बोधन हुँदैन तबसम्म अनशन जारी रहन्छ ।’

- Advertisement -

केही दिनदेखि सूचनाको हक प्रयोग गरी नगरपालिकाको विभिन्न शीर्षकमा भएका काम, कर्मचारीको नियुक्ति, खर्चलगायतको विवरण माग्दै यादवले आन्दोलन गरिरहेका थिए ।

यही क्रममा नगरप्रमुख जैसवालमाथि दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी गरुडाले उनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । उनले स्थानीय सञ्चारकर्मीलाई समेत तथानाम गालीगलौच गरेपछि पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्तिसमेत निकालेर भर्त्सना गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -