शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

लगातारको वर्षाका कारण धनगढीका पसलमा डुबान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनगढी,०७ चैत । लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरू डुबानमा परेका छन्।

- Advertisement -

साेमबार रातिदेखि परेको वर्षाका कारण धनगढीका पसल डुबानमा परेका हुन्। पानी निकास नहुँदा चटकपुरस्थित काठमाडौँ होटल र मोबाइल पसल डुबान भएको जनाइएको छ।

पसलभित्र डुबान भएपछि समस्या भएको स्थानीय शान्ति ज्ञवालीले बताइन्। ‘बिहान पसल खोल्दा पूरै जलमग्न भएको थियो’, उनले भनिन्, ‘पानी निकासको व्यवस्थापन भएमा पसलभित्र पानी पस्थेन।’

- Advertisement -

चैतको सामान्य वर्षामा पनि पसल डुबानमा पर्नु नाली व्यवस्थापन नभएको उनी बताउँछिन्।

‘अहिले त पसल डुबान भएको छ। वर्षातको मौसममा थप डुबान हुने सम्भावना बढेकोले पानी निकासको व्यवस्थापन गर्न जरुरी रहेको छ’, उनले भनिन्।

कैलालीका खोलामा बहाव नबढे पनि धनगढीका विभिन्न स्थानमा बनाइएको भौतिक संरचनाका कारण केही स्थानमा डुबान भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा बिहानको ८ बजेसम्म ४८ दशमलव सात मिलिलिटर वर्षा भएको छ। धनगढीमा दिउसो पनि वर्षा जारी रहेको छ।

देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा जारी रहेको छ।

बिहानको ८ बजेसम्म सबैभन्दा बढी वर्षा धनगढीमै भएको छ। महाशाखाका अनुसार डडेल्धुरामा १९ मिलिलिटर र डोटीमा नौ मिलिलिटर वर्षा भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -