३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका वैदेशिक रोजगार विभाग काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओआन्देयविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत कार्तिक २९ मा उनलाई नियन्त्रणमा लिएको थियो।