शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

बाराबाट उपेन्द्र यादवविरुद्ध सीके राउतको उद्घोष

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ चैत । सत्ता साझेदार दल जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि एक पटक आमनेसामने हुने भएका छन् ।

- Advertisement -

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउने उद्घोष नै गरेका हुन् । बुधबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले जसपा अध्यक्ष यादव चोर बाटोबाट संसद्मा प्रवेश गर्न खोजेको आरोप लगाए । यादवमाथि खनिएका राउतले उनलाई ‘फिरङ्गी, बाहिरिया’लगायतका आरोप लगाउँदै यसपटक पनि चुनाव हराउने दाबी गरे ।

गत मङ्सिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा यादव राउतसँग पराजित भएका थिए । त्यसैले बारा–२ का सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर यादव सो क्षेत्रबाट संसद्मा ‘कम्ब्याक’को तयारी लागेका छन् । तर राउतले बारामा पनि यादवका विरुद्धमा पार्टीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

- Advertisement -

उनले यादवलाई नहराएसम्म मधेसमा परिवर्तन हुन नसक्ने टिप्पणी गरेका छन् । ‘के बारामा कोही माइकालाल छैन, उपेन्द्र यादवसँग चुनाव लड्ने ?,’ उनले प्रश्न गरे । राउतले बारामा आफ्नो पार्टीबाट जबरजस्त उम्मेदवारी दिलाउने घोषणासमेत गरेका छन् । उनले गढीमाइको दर्शन गरेर ‘मिसन–२’ सुरुसमेत गरेका छन् ।

अहिले जसपा र जनमत पार्टी एउटै गठबन्धनमा छन् । मधेस प्रदेश सरकारमा पनि दुवै दल सहकार्य गरेका छन् । तर अध्यक्ष राउत गठबन्धनले गरेको निर्णयविपरीत गइरहेका छन् । यसअघि गठबन्धनले जसपाका रामसहाय यादवलाई उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउँदा राउतले आफ्नो पार्टीबाट पनि उपराष्ट्रपतिमा उम्मेदवार उठाएका थिए ।

गठबन्धनको बैठकमा अध्यक्ष राउतलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवारलाई निष्क्रिय गर्न आग्रह गरिएको थियो तर उनले त्यसलाई अस्वीकार गरेका थिए ।

बारा–२, चितवन–२ र तनहुँ–१ मा को–कसलाई उम्मेदवार बनाउनेबारे अहिलेसम्म गठबन्धनमा कुनै निर्णय भएको छैन । गठबन्धनमा रहेका दलहरू गठबन्धनको निर्णयको प्रतीक्षामा छन् ।

जसपाले बारा–२ का लागि औपचारिक रूपमा उम्मेदवारको घोषणा गरिसकेको नभए पनि जनमत पार्टीले सार्वजनिक रूपमा नै उम्मेदवारी दिने घोषणा गरेको छ । यसले जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतबीच चर्को अन्तरद्वन्द्व रहेको पुष्टि हुन्छ । यद्यपि, अघिल्लो चुनावको तथ्याङ्क हेर्दा जनमत पार्टी बारामा निकै कमजोर देखिएको छ । बारा–२ मा सबभन्दा राम्रो संगठन जसपाको नै रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -