शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ चैत – कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

- Advertisement -

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । छलफलमा कोशी प्रदेश नामाकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ । कोशी प्रदेशको नामाकरणविरुद्ध असन्तुष्टि जनाउँदै संघीय लिम्बूवान पार्टी, किरात राई यायोख्या, किरात याक्थुम चुम्लुंग लगायतका संस्थाले विरोध गरिरहेका छन् ।

- Advertisement -

प्रदेशमा गरेको विरोध प्रदर्शनको क्रममा चैत ५ गते प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रदर्शनमा उत्रिएका लाजेहाङ लिम्बु गम्भिर घाइते भएका थिए । उनको हिजो ९चैत १० गते० बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -