मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...

सावधान ! प्लाष्टिकको प्रयोगले...

११ वैशाख, काठमाडौं ।  १८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो...
29.1 C
Kathmandu
41.1 C
Birgunj

मन्त्री र सांसदका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाउन ज्ञानेन्द्र शाहीको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली राष्ट्रिय खेलाडीहरूले मन्त्री र सांसदका स्वकीयहरूले भन्दा कम तलबमा खेलिरहेको बताएका छन्।

- Advertisement -

राप्रपा संसदीय दलको सचेतकसमेत रहेका शाहीले खेलले नेपाललाई विश्वमा चिनाएपनि खेलाडीहरूका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा खेलाडीहरू पलायन भइरहेको बताए।

राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका सुजल श्रेष्ठ अष्ट्रेृलिया पलायन भएको विषय उठाउँदै शाहीले खेलाडीको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन्।

- Advertisement -

कुल बजेटको ०.१३ प्रतिशतमात्रै खेलकूदका लागि छुट्याइएकाे र खेलाडीलाई सांसदका स्वकीय भन्दा कम तलब दिइएको बताउँदै सबै सांसदहरुका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब वृद्धी गर्न माग गरेका छन्।

‘हामी सबै सांसदहरुको स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीहरुको तलबमा बृद्धि गरियोस्,’ उनले भने, ‘रंगशाला बनाइयोस् र बजेट अगाडि बढाइयोस्।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार