बिहिबार, असार ७, २०८१
Thu, June 20, 2024

ब्लु बुक कीर्ते गर्ने...

काठमाडौं,६ असार । नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही...

जीबीको लोकेट गरिसकेका छौँ...

चितवन,६ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका...

सांसदहरूले निरन्तर दबाब दिए...

बीरगन्ज,०५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि...

बारा प्रहरीद्वारा २७० केजी...

बीरगन्ज,०५ असार । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई...
27.1 C
Kathmandu
37 C
Birgunj

यी प्रदेशमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

- Advertisement -

देशका बाँकी पहाडी भूभागका १–२ स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

- Advertisement -

सोमवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमवार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार