शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

पर्साको जिराभवानी गाउँपालिकामा बाटो निर्माण कार्यमा व्यापक अनियमितता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,१५ चैत  – पर्साको जिराभवानी गाउँपालिका वडा नं. १ मा विकास निर्माण कार्य पारदर्शी नभएको र निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको स्थानियहरुले गुनासो गरेका छन् । वडा नं. १ मा गाउँपालिकाको बजेटबाट एउटै सडकमा पटक पटक माटोपुरी ग्राभेल गर्ने कार्य भएको तथा सडक मर्मतको बहानामा व्यापक अनियमितता भएको वडा नं. १ का स्थानिय समाजसेवी नेसार समानीले बताए ।

- Advertisement -

उनले सडक ग्रेभल कार्यका लागि कति बजेट छुट्याएको हो सोको जानकारी स्थानियहरुलाई नदिएको तथा ग्रेभलको ठाउँमा बालुवा मात्र खसाली गाउँपालिकाका नेता तथा कर्मचारीहरुको मिलोमतोमा लुट मच्चाएको बताए । वडा नं. १ मै रहेको समुदायिक भवन अगाडी बाटो पुर्ने नाममा लाखौ रकमको घोटाला भएको स्थानिय  समानीको आरोप छ । सो ठाउँमा माटो समेत नपुरी ट्याक्टर र स्काभेटरले खानजोत गरी सय टेलर काे हराहारीमा माटाे हाली  ८ लाख रुपैया झ्वाम परेको समानीको आरोप छ ।

स्थानिय अगुवाहरुले सडक निर्माण कार्यको बजेट स्टिमेट वुक तथा लगत सोध्दा त्यसको जानकारी नदिने गरेको तथा आफु खुशी बनेकै सडकलाई पटक पटक माटो तथा ग्रेभल गर्ने नाउँमा लाखौं रकमको अनियमितता बताए । स्थानियहरुका अनुसार गाउँपालिका उपमेयरले आफ्नो आसेपासेलाई उभोक्ता समितिमा राखेर बजेट सिध्याउने काम मात्र गरेको छ ।

- Advertisement -

एक जना स्थानिय अर्मेश ठाकुरले गाउँपालिकामा योजनाको बारेमा सोध्दा बजेटको बिषयमा जानकारी प्राप्त हुन नसकेको तथा बाटो निर्माण स्थालमा सावर्जनिक जानकारीको लागि बजेट लगायतका बिषयमा जानकारीका लागि होडिङ्ग बोर्ड समेत नराखिएकोे बताए ।

वडा नं. १ मा भइरहेको अनियमितता तथा भ्रष्टाचारको बिषयमा ध्यान आकर्षणको लागि गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनवाई नभएको स्थानिय अगुवा जगंबहादुर महतोले बताए । यस बिषयमा गाउँपालिकाका अध्यक्ष अनुज चौधरीसँग बुझदा पालिका स्तरीय बजेटबाट सो बाटो निर्माण भरहेको भएपनि निर्माण कार्यको निगरानी उपमेयर ज्युले गरी रहनु भएको प्रतिक्रिया दिए । गापा अध्यक्ष चौधरीले निर्माण कार्यमा कमसल ग्राभेल प्रयोग भएको गुनासो आएको बताउँदै काम मापदण्ड अनुसार नभए भुक्तानी नहुने दावी गरे ।

अध्यक्ष चौधरीले भुक्तानीको लागि गाउँपालिकामा निवेदन आएको भएपनि काम गुणस्तर हिन भएको गुनासोहरु आएको कारण हालको लागि भुक्तानी रोक्का गरिएको बताए । यता गाउँपालिकाका उपमेयर रेखा चौधरीले आफु तालिमको लागि बाहिर रहेको भन्दै फ्रि भएपछि प्रतिक्रिया दिने बताइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -