बारा २ को उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उम्मेदवार बन्ने भएका छन्।
लोसपका एक शीर्ष नेताका अनुसार पार्टीबाट बारा २ मा वरिष्ठ नेता महतोलाई उम्मेदवार बनाउने तयारी गरिएको छ।
बारा २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तय जस्तै छ।
जसपाको विस्तारित बैठकबाट उपेन्द्रको एकल नाम सिफारिस गरिएको छ। सोही क्रममा लोसपाले महतोलाई उठाउने तयारी गरेको महतोनिकट एक नेताले पुष्टि गरेका छन्।
यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउतसँग पराजित भएका थिए भने महतो सर्लाही २ मा महिन्द्र राय यादवसँग पराजित भएका थिए।
अर्कोतर्फ जनमत पार्टीबाट बारा २ मा यसअघि निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा भने जनमत पार्टीमा प्रवेश गरिसकेका छन्।
जनमतबाट उनको उम्मेदवारी पर्ने लगभग तय जस्तै छ।