शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
28 C
Birgunj

पर्साको पर्सागढी नगरपालिका ३ मा रहेको श्री जनता प्राबिधिक बिद्यालयमा गुणस्तर सुधारको नाममा ब्रह्मलुट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,१६ चैत – पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ बडनियारमा रहेको श्री जनता प्राविधिक बिद्यालयमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिकि भएको छ । प्राबिधिक बिद्यालयमा बिद्यालय निर्माण सुधार,टर्नेल हाउस निर्माण तथा ल्याब समाग्री खरिदको लागि आएको रकममा व्यापक अनियमितता भएको प्रमाणहरु फेला परेको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना कार्यक्रम अन्तर्गत गुणस्तर सुधारको लागि शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालयबाट श्री जनता प्राविधिक बिद्यालयले १ करोड ५० रुपैया अनुदान प्राप्त गरेमा हाल सम्म २५ प्रतिशत समेत कार्य सम्पन्न नगरी प्रथम, दोस्रो र तेस्रो किस्ताको नाममा १ करोड १९ लाख रुपैया परियोजनाबाट निकासा लिएको छ । काम सम्पन्न नगरी किस्ता बावतको रकम निकासाका लागि बिद्यालयले बिभागका कर्मचारीहरुलाई कसिन समेत दिएको रहस्य उद्घाटन भएको छ ।

- Advertisement -

बिद्यालयका लेखापाल सोनम चौधरी मार्फत क्युआईजीमा जाँदा बिभागका कर्मचारीलाई चेक नं.००७५७२३९६९ बाट ३ लाख ७० हजार रुपैया कमिसन दिने भनेर हिसाब मिलान गरिएको छ । त्यसैगरी बिभिन्न मितिमा खाजा नास्ता, शैक्षिक भ्रमण तथा बिबिध खर्चगरी ३ लाख बराबरको रकम झ्वाम पारिएको छ । सार्वजनिक सुनवाई कार्यक्रममो विद्यालय व्यवस्थापन समितिकै मिलोमतोमा व्यापक भ्रष्टाचार भएको प्रमाण फेला परेको स्थानियहरुले बताएका छन् ।
जनता माध्यमिक बिद्यालयका प्रअ मोहन चौधरी, प्राविधिक बिद्यालयका संयोजक तपेश्वर यादव र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीको मिलोमतोमा प्राबिधिक बिद्यालयमा परियोजना अन्तर्गत आएको रकममा लुट मच्चाइएका स्थानियले बताएका छन् ।

स्थानियहरुका अनुसार प्राविधिक बिद्यालयमा केही बिधार्थीहरु भर्ना रहेको भएपनि ४ देखि ५ जना बिधार्थीहरु मात्र पठनपाठनको लागि बिद्यालयमा उपस्थित हुने गरेको छ । बिद्यलायमा प्राविधिक शिक्षा कार्यक्रम संञ्चालनमा रहेको भएपनि बिषयगत शिक्षम नभएको तथा एक दुई जना शिक्षककै भरमा प्राविधिक बिद्यालय संचालन हुँदै स्थानियहरुको भनाई छ । ल्याबमा बिधार्थीहरुको लागि सिकाई प्रक्रियालाई थप प्रभावकारी बनाउँनको लागि मेसिनहरु कमिसनको भरमा करिद गरिएको भएपनि ल्याब संचालनमा नरहेको तथा बिद्यालयमा ल्याब टेक्निसियन समेत नहरेको बिधार्थीहरुको भनाई छ ।

- Advertisement -

प्लास्टिक टर्नेल हाउसको लागि दोस्रो किस्ताबाट ५ लाख ५० हजार खर्च गरिएको भएपनि सञ्चालन हुनु अवागै जिर्ण भएको तथा दोस्रो किस्ताबाट थप ४ लाख रुपैया छुट्याइएको छ । भेटनरीका ३ जना शिक्षक जागिर छाडेको एक बर्ष बिति सक्दा पनि अर्को शिक्षक भर्ना नगरिएको तथा हाल सम्म तलब बाढीचुटी खाने गरिएको छ ।

प्राविधिक बिद्यालयका कोर्डिनेटर तपेश्वर यादवका अनुसार बुझ्दा नेपालमा स्टिम यस्तै रहेको तथा सबै कुरा कमिसनको भर चल्ने गरेको बताए । उनले यो सब कुराहरु व्यवहारिक रहेको बताए । बिद्यालयको गुणस्तर सुधारको लागि आएको रकम भुक्तानीका क्रममा बिभागका हामिकहरुलाई कमिसन दिएको यादवले स्वीकार गर्दै यसको हिसाव किताव सार्वजनिक रुपमै स्थानिय अभिभाकहरुलाई जानकारी गराएको बताए । यता समाचरको संकलनको लागि बिद्यालयमा पुगेका सञ्चारकर्मीहरुलाई बिद्यालयका प्रअ चौधरीले यस बिषयमा आफुलाई केही जनाकारी नरहेको बताए । प्राबिधिक बिद्यालयका कोर्डिनेटर यादवले सबै काम प्रअ र व्यवस्थापन समितिका अध्यक्षको निर्देशन अनुसार भएको बताई रहदा प्रअ चौधरीले नाटकीय शैलीमा भ्रष्टाचारमा आफ्नो कुनै सहभागीता दावी गरेका छन् ।

प्राविधिक बिद्यालयका इभेन्ट अन्तर्गत खाजा नास्ता एवं बिविध खर्चमा लाखौ रकम झ्वाम पारेका बिद्यलायका त्रिनेत्रहरु भ्रष्टाचारको कुरा बाहिएपछि एक अर्का माथी आरोप लगाउन व्यस्त भएका छन् । बिद्यालय व्यस्थापन समितिका अध्यक्ष रामायण चौधरीले आरोपहरुको खण्डन गर्दै यो सबै दलालहरुले लगाएको आरोप रहेको दावी गरे ।

दलालीको पैसा नपाएपछि बिद्यालय व्यवस्थापन समितिलाई बदनाम गराउँन केही व्यक्तिहरु लागी परेको उनको भनाई छ ।
यता बिद्यालयको गुणस्तर सुधार तथा भौतिक पूर्वधार विकासमा पर्सागढी नगरपालिका लागि परेको दावी गर्दै नगरपालिका मेयर गोकर्ण पाठकले कसैले नियम मिचेर काम गरेको भए प्रमाणित भएपछि कुनै काखापाखा नगरी त्यता कर्मचारीहरुलाई कारवाहीको दायरामा ल्याउने दावी गरे । यस बिषयमा के के गुनासाहरु छन् ती सबैलाई समेटेर नगरपालिकाको कार्यालयमा लिखित उजुरी दिन स्थानियहरुलाई नगर प्रमुख पाठकले आग्रह गरे । अनियमितताको छानविन गरी दोषी कर्मचारीलाई कारवाही गर्न नगरपालिका प्रतिब्ध रहेको नगर प्रमुख पाठकको भनाई छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -