बारा । उपराष्ट्रपति रामसहाय यादव जीतपुर सिमरा गोल्ड कपको समापन कार्यक्रममा सहभागी हुन बारा आउँने भएका छन् । नव जनजागृति युवा क्लबद्वारा आयोजित जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण चैत्र ६ गते देखि १८ गतेसम्म निर्माणाधीन सिमरा रंगशालामा सञ्चालन भइरहेको छ । उपराष्ट्रपति यादव गोल्ड कप समापन समारोहमा सहभागी हुन बारा जान लागेको आयोजक संस्थाले जनाएको छ ।
यो जीतपुर सिमरा गोल्ड कप मधेश प्रदेशमा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरू मध्ये महत्वपूर्ण प्रतियोगिता हो । विगतका संस्करणहरूको उद्घाटन तथा समापन समारोह पनि राष्ट्रका प्रतिष्ठित व्यक्तित्वहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आयोजक क्लबले जनाएको छ ।