शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

तीन क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ चैत – आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि भोलि सोमवार यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

- Advertisement -

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं.१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं। २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

- Advertisement -

प्रमुख दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार करिब चयन गरिसकेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले चितवन २ र तनहुँ १ मा उम्मेदवार चयन गरिसकेका छन् भने बारा २ मा चयन गर्ने क्रममा रहेको बताएका छन्। कांग्रेसले भने बारा २ मा सत्ता सहयात्री दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने संकेत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर तीनै क्षेत्रका उम्मेदवारलाई टिकट प्रदान गरिसकेको छ। चितवन २ मा पार्टी अध्यक्ष रवि लामिछाने पुनस् चुनावमा होमिएका छन् भने बारा २ बाट सुशासन पार्टीका अध्यक्ष उम्मेदवार बनेका छन्।

यसैगरी कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेले तनहुँ १ बाट चुनाव लड्ने भएका छन्। खरेल र वाग्ले दुबैले घण्टि चिह्नमा मत माग्नेछन्।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -