बीरगन्ज,२० चैत – बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १७ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार सोमबार दिउँसो १७ जनाको उम्मेदवारी दर्ता गरिएको हो ।
जसपाको तर्फबाट उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाहले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका छन् । बाराकाे कलैंया स्थित जिल्ला समन्वय सिमितमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा ताेकिएकाे समय भित्र उम्मेदवारी दिने व्यवस्था मिलाइएकाे तथा केही समय अहिल पनि बाकी रहेकाे कारण उम्मेदवारकाे संख्या बढन सक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीले बताए ।