बीरगन्ज,२२ चैत – बीरगन्ज महानगरपालिका बहुअरी मश्लिम टोलमा आगलागी भएको छ । बीरगन्ज विरगन्ज महानगरपालिका वडा नं. १४ बहुअरी निवासी जवाहिर अंसारीको घरको घरमा आगलागी हुँदा घरमा रहेको लताकपडा,अनाज तथा जिन्सी सबै जलेर खरानी भएको छ ।
घरमा अंसारी स–परिवार सुनी रहेको वेला घरमा अचानक आगलागी भएको थियो । घरमा आगो कसरी लाग्यो भन्ने बारे अहिले सम्म खुल्न नसकेको स्थानिय युवा नेता अनिल पटेलले बताए । अंसारीका अनुसार आगलागीमा खद्यान समाग्री,घरायसी समान,लताकपडा तथा नगद गरी ३ लाख बराबरको क्षती भएको छ ।
घरमा अचानक आगो लागेपछि सपरिवार घर बाहिर निश्किन सफल भएपनि घरलाई बचाउन नसकिएको तथा बीरगन्ज महानगरपालिको दम्कल आउँदा आउँदा एक छिनमा घर खरानी भएको अंसारीले बताए ।