बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

त्रिविका बाँकी क्याम्पसमा ३० चैतमा स्ववियु निर्वाचन गर्ने सहमति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२३ चैत । संयुक्त विद्यार्थी संगठनबीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन ३० चैतमा गर्ने सहमति भएको छ । ५ चैतमा हुन नसकेका क्याम्पसमा ३० चैतमा स्ववियु निर्वाचन गर्ने सहमति भएको हो ।

- Advertisement -

संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

उनीहरूले निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने समझदारी पनि भएको छ ।

- Advertisement -

उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कर्मश क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।

त्यस्तै, उपत्यका बाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस बीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन हुन सकेको छैन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -