बीरगन्ज,३१ बैशाख – बीरगन्ज पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपाल वीरगंज आएका छन् । अध्यक्ष नेपाल आइतबार सांझ ५ :३० को विमानले बीरगन्ज आएका हुन् ।
दलित मुक्ती संगठन मधेस प्रदेशको दोस्रो प्रदेश अधिबेशनमा सहभागि हुन अध्यक्ष नेपाल वीरगंज आएका दलित मुक्ती संगठन पर्साका इन्चार्ज बृजलाल पासवानले जानकारी दिए ।
अध्यक्ष नेपाललाई स्वागत गर्न सिमरा विमानस्थलमा नेकपा (एकीकृत समाजवादी) का नेता नागेन्द्र चौधरी, किशान श्रेष्ठ, दिनेश राई, बालगोपाल थापा, किशोरी कुशवाहा, मनोज चौधरी लगायतका पुगेका थिए ।
उनी वीरगंज कै एक होटलमा बास बसेका छन् । सोमबार विहान ९ बजे पत्रकारसंग भेटघाट गरि ११ बजेदेखी नगर सभा गृह वीरगंजमा आयोजना हुने अधिबेशनमा सहभागि हुने कार्यक्रम रहेको छ ।