शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

नागरिकता विधेयक के गर्ने एक महिनाभित्र टुंगो लगाउँछौं: प्रधानमन्त्री प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,०४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी समस्या एक महिनाभित्र समाधान गरिसकिने बताएका छन्।

- Advertisement -

प्रतिनिधि सभाको बिहीबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने बताएका हुन्।

कार्कीले संसदले २ पटक पारित गरी राष्ट्रपतिकहाँ पठाए पनि नागरिकता विधेयक प्रमाणीकरण नभई रोकिएकोबारे प्रधानमन्त्री प्रचण्डको धारणा मागेका थिए।

- Advertisement -

‘प्रधानमन्त्री भएको ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्छु भन्नुभएको थियो। तपाईं प्रधानमन्त्री भएको ५ महिना भयो अब एक महिना बाँकी छ,’ उनले भने, ‘यो अवधिमा नागरिकता सम्बन्धी समस्या समाधान गर्नुहुन्छ?’

प्रधानमन्त्री दाहालले एक महिनाभित्र यो समस्याको समाधान गरिने दोहोर्‍याए।

‘संसदबाट पारित गरेर राष्ट्रपतिकहाँ पठाइएको नागरिकता विधेयक न पारित गरियो न खारेज गरियो। संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने थियो,’ उनले भने।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन्। उक्त विधेयक फेरि अघि बढाउने कि संसदबाट नयाँ विधेयक पारित गरेर राष्ट्रपतिकहाँ पठाउने भन्नेबारे दलहरूबीच मतभेद छ।

‘नागरिकता विधेयक राष्ट्रपति कार्यालयले होल्डमा राखेको छ। न फिर्ता, न खारेज न अरू कुनै बाटो। त्यसको पोजिसन के हुने? होल्ड विधेयक प्रमाणिकरण गर्ने वा के गर्ने भन्नेबारे छलफल चलिरहेको छ,’ दाहालले भने, ‘हामीले बार एसोसिएन लगायतसँग छलफल गर्दा राष्ट्रपतिले प्रमाणिकरण गर्न केही बाधा छैन भन्ने सुझाव आएको छ।’

आफूले उक्त सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई सुनाएको उनले बताए। ‘राष्ट्रपतिले पनि नागरिकता विधेयकबारे कानून विदहरूसँग राय लिइरहनुभएको छ, उहाँ अध्ययन प्रक्रियामै हुनुहुन्छ,’ उनले भने।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -