महोत्तरी, जेठ ९ गते ।
महोत्तरीको एकडारा गाउँपालिकामा समृद्धिका लागि वन परियोजना अन्तर्गत सार्वजनिक जग्गा व्यवस्थापन, समूह गठन, विधान तयारी तथा दर्ता पक्रियाको वडा स्तरिय अभिमुखिकरण गोष्ठी सम्पन्न गरिएको छ । यस अभिमुखिकरण गोष्ठीका आयोजका महोत्तरी वन शाखा एकडारा गाउँपालिका रहेका छन्।
वन शाखा एकडारा गाउँपालिका प्रतेक वडा नं १ देखि वाड नं ६ सम्मका वडाअध्यक्ष र त्यस वडाका आम नागरिक संग समृद्धिका लागि वन परियोजना बारे अभिमुखिकरण गोष्ठी बारे जानकारी दिँदै सम्पन्न गरेका छन्।

यस अभिमुखिकरण गोष्ठीमा महोत्तरी एकडारा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलले भने अहिले वर्तमान समयमा वन क्षेत्रहरू मानवीय जीवनको लागि धेरै रहेको महत्वपूर्ण रहेको बताए। वनहरूले हामीलाई धेरै तातो लाभ पुर्याउँछन् जसले प्राकृतिक स्वच्छता, जलस्रोत संरक्षण, हवा शुद्धता, जैविक विविधता, जलवायु नियंत्रण, जग्गाको यातायात समस्याका समाधान, आपूर्ति वा व्यापार लागि आवास, प्रवासी जीवनका लागि स्वार्थिकता, औषधिको आपूर्ति, खाद्य सुरक्षा र कृषि, राष्ट्रिय आयाममा निवेश, विभिन्न पर्यटन सम्पदाका रुपमा लाभ, नेपाली साहित्य र कला विकास, आदिका लागि पर्यटनीय खोज र अध्ययनको आवश्यकता, राष्ट्रिय गरिबी निवारणमा योगदान आदि प्रदान गर्दछन् बताए।
वृक्ष रोपणले पनि वन क्षेत्रको महत्वलाई बढाउँछ। यो न सिर्फ वृक्षहरूको संख्या वृद्धि गर्दछ, तर वनक्षेत्रको जैविक विविधताको संरक्षणमा भूमिका खेल्ने पनि महत्त्वपूर्ण छ रहेको बताए।

एकडारा गाउँपालिका वन अधिकृत प्रशासकीय मनोज ठाकुरले भने मधेशमा वृक्ष रोपणले धेरै महत्वपूर्ण रहेको बताए । मधेश एक कृषि प्रधान क्षेत्र हो जहाँ खेती र खाद्य सुरक्षा महत्त्वपूर्ण छ। यस्तै जग्गा प्रयोग र पर्यटन उद्योगको विकासमा पनि मधेशले अहम भूमिका खेल्दछ। यसलाई मधेशका वृक्षहरूको संरक्षण र वृद्धि गर्ने गर्ने कार्यहरू महत्वपूर्ण रहेको सँगै वृक्षहरूले सुखिसखेका जलस्रोतहरूको संरक्षण गर्दछ भने जल प्रवाहको विनाश र जलवायु परिवर्तनको प्रभावमा कमी गर्दछ बताए।

एकडारा गाउँपालिका वन प्राविधिक अधिकृत निशा साहले भनिन् वृक्ष रोपन तालिम र जानकारी अहिले वर्तमान समयमा पर्यावरणको सुरक्षा र विकासमा महत्वपूर्ण भूमिका रहेको बताइन् । वृक्षहरूको महत्व र संरक्षणको विषयमा जागरूकता हुन एकदम जरुरी रहेको र तालिम बाट विभिन्न वडाहरूमा गई वृक्ष रोपनको तकनीक, प्रक्रिया, वृक्ष संरक्षण, तालिम विधि, रोपण समय, वृक्षारोपणको लाभहरू आदि बारे जानकारी दिदै आइरहेको जानकारी प्रदान गर्दै अहिरहेकी छिन् । वडामा रहेका जनताहरूलाई वृक्षारोपणको महत्व, तत्परता र प्रभावको बारेमा जागरूक हुन अवसक रहेको बताईन् ।
यही सँगै वन प्राविधिक अधिकृत साहले भनिन् नेपाल सरकार तथा विश्व बैंकको संयुक्त प्रयासबाट नेपालको लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा दिगो वन व्यस्थापन साना तथा वन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग परिचालनको लागि यो परियोजना वन लगानी कार्यक्रम अन्तरगत तर्जुमा भएको छ। यस परियोजना विश्व बैंकको ऋण तथा अनुदानमा नेपाल सरकार तथा विश्व बैंकबीच सन् २०२१ मार्च १९ मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय, कृषि विकास वैक र विश्व वैङ्कले संयुक्त रुपमा कार्यान्वयन गर्ने परियोजना गरिएको छ । यस परियोजनाको केन्द्रमा परियोजना ब्यबस्थापन इकाई रहेको छ भने प्रदेशस्तरमा प्रदेश मन्त्रालय अन्तर्गत परियोजना व्यबस्थापन इकाई रहेका यस परियोजनाका लागि विश्व वैङ्कले २ करोड ४० लाख यु एस डलर करिब ३ अरव नेपाली रुपिया लगानी उपलब्ध गराएको छ। यसमध्ये २५५ प्रतिशत अनुदान ६९ लाख यु एस डलर तथा ७४.५ प्रतिशत ऋण १ करोड ७९ लाख अमेरिकी डलर सहायता रहेको छ । लगानी गर्दै जाँदा प्रतिफल तथा उपलब्धीको आधारमा थप लगानी हुने संभावना रहेको छ ।
यसको अविधी चाहिँ २०७८ साल श्रावन १ गते (2021 July 16) देखि संचालनमा आएको छ । यस आयोजनाको अवधि आ.बा. ०७८-०७९ देखि आ.बा. ०८२-०८३ सम्म (सन २०२१ देखि २०२५) ।
उत कार्यक्रम लक्ष्य तथा उदेश्य बारे समग्र लक्ष्य (Development objective) दिगो वन व्यस्थापन (SFM) मा सुधार गर्ने, वनबाट प्राप्तहुने फाइदाहरु वृद्धि गर्ने र नेपालको मदेश प्रदेशस्थित छनौट गरिएका पलिकहरुभित्र खुद हरित ग्यास उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने ।छोटो र मध्यम अवधिका प्रतिफल्हारुले वनको समग्र उत्पादकत्व वृद्धि गर्ने । वनमा आधारित साना तथा मझौला उद्धमहरुको विकास तथा सुधारमा योगदान गर्ने र तराई भुपरिधि क्षेत्र भित्र उत्सर्जन न्यूनीकरण कार्यक्रमले लक्ष्य राखेको उत्सर्जन न्यूनीकरण गर्न योगदान गर्ने छन्।
कार्य क्षेत्र बारे यो परियोजनको कार्य क्षेत्र मदेश प्रदेश र लुम्बिनी प्रदेशका हाललाई प्रत्येक प्रदेशमा २५ वटा पलिकाहरु गरी ५० वटा पालिकामा काम गर्ने लक्ष्य राखेको छ ।मधेशको महोत्तरी एकडारा ,जलेश्वर, बर्दिवास रहेको र प्रमुख सहयोगी प्राविधिक निकाय जिल्लाहरुमा रहेको प्रदेश स्तरका वन क्षेत्रका कार्यालयहरु डिभिजन वना कार्यालय तथा सब डिभिजन वन कार्यालयहरु लगायातको भूमिका तथा प्राविधिक सहयोग यस परियोजनाको मुख्य ज्ञान तथा प्राविधिक स्रोत रहेको छ । धेरै प्राविधिक ज्ञानको आवश्यक पर्ने नर्सरी, दिगो वन व्यवास्थापन तथा वृक्षरोपण लगायतका क्रियाकलापहरुको लागि प्राविधिक व्यवस्थापन यी कार्यालयहरुबाट गर्ने प्रावधान रहेको छ ।
कार्यान्वयन रणनीतिका माध्यम प्रमुख औजारहरु/माध्यम “दिगो वन व्यवस्थापन योजनाहरु (समुदायमा आधारित वन व्यवस्थापन समुदहरु), समुदायमा आधारित वन व्यवस्थापन अनुदान वृक्षरोपण अनुदान,साना तथा मझौला वन उद्धमहरुलाई ऋण प्रवाह।
सहयोगी औजारहरु/माध्यम परियोजना संचालन निर्देशिका,वृक्षरोपण अनुदान निर्देशिका,समुदायमा आधारित वन व्यवस्थापन अनुदान निर्देशिका, वातावारणीय तथा सामाजिक प्रतिवद्धता सम्बन्धी योजना,वातावारणीय तथा सामाजिक व्यवस्थापनको खाका र प्रमुख क्रियाकलापहरु तथा संभागाहरु दिगो वन व्यवस्थापनका लागि नयाँ सरकारी र प्रक्रियाहरुकोलागि नीति र क्षमता विकास,समुदायमा आधारित दिगो वन व्यवस्थापन तथा साना किसनका लागि वृक्षरोपण,दिगो वन व्यस्थापन,समुदायका विपन्न समुदायहरुलाई वनक्षेत्र विनियोजन तथा सहायतासाना किसानका लागि नीजी वृक्षरोपण श्री सार्वजनिक जग्गाहरुमा वृक्षरोपण तथा कृषि वन विकासवन उद्धमहरुको सुधार तथा विकसवनमा आधारित नीजिक्षेत्रका लागि अनुकूल वातावरण तयार गर्न कार्यक्रमहरु वनमा आधारित साना तथा मझौला उद्धमहरु स्थापना तथा सुधारका लागि ऋण प्रवाहको डिजाइन तथा परिक्षण परियोजनाको सुशासन, अनुगमन तथा सिकाई, निर्दिष्ट अनुदान संयन्त्र (Dedicated Grant Mechanism: DGM) स्थानीय समुदाय र आदिवासी जनजाती समुदायको क्षमत अभिवृद्धि कार्यको संचालन छुट्टै निकायबाट pहुने व्यवस्था रहेको छ ।
वन उद्धमको सुधार तथा विकासको लागि विशेष कार्यक्रम ऋण परिचालन गरिनेछ संभाग ३ अन्तरगत कृषिविकास बैंक मार्फत छनौट भएको वीतिय संस्था वा आफैले वन उदमहरुलाई माग बमोजिम परियोजनाको उद्देश्य पुरा हुने गरी सहुलियत व्याजदरमा ऋण प्रवाह गर्ने व्यवस्था रहेको छ । यस चरणमा ६० लाख यु एस डलर (नेपाली मुद्रा रुकरिब ७० करोड) पूजी परिचालन गर्ने कार्यक्रम रहेको बताएकी छिन् ।
गोष्ठी कार्यक्रममा वडा न १ का मनोज कुमार मण्डल , वडा न २ का सखीचन्द्र यादव ,वडा न ३ का राम बिलास राय, वडा न ४ का जिबछ प्रसाद यादव,वडा न ५ का शेरा जुदिन अन्सारी, वडा न ६ का श्याम चौधरी र विभिन्न वडा वासीहरु लगायतको सहभागीता रहेको थियो ।