सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

पर्साको छिपहरमाई गाउँपालिकामा अख्तियारकाे छापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० जेठ । पर्साको छिपहरमाई गाउँपालिकामा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

- Advertisement -

गाउँपालिकाको काम कारवाही र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरुद्ध परेका उजुरी सम्बन्धि कागजात माग गर्दापनि गाँउपालिका कार्यालयले उपलब्ध नगराएपछि मंगलबार अख्तियार टोलीले गाउँपालिका कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले मंगलबार गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धि फाइल र कागजातहरु नियन्त्रणमा लिएको हाे । गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा लगायतका जनप्रतिनिधि र कर्मचारीले मिलोमतोमा विभिन्न योजना, कर्मचारी नियुक्ति, सामग्री खरिद लगायतमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले सम्बन्धित योजनाहरुको कागजात माग गरेको थियो । तर प्रमुख प्रशासकीय अधिकृत ओझाले कागजात उपलब्ध गराउन आलटाल गर्दै आएका थिए ।

- Advertisement -

पटकपटक आग्रह गर्दापनि गाउँपालिकाले कागजात उपलब्ध नगराएपछि अख्तियार टोलीले कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । ‘हामीले कयौँ पटक कागजातहरु माग गर्‍यौं तर छिपहरमाईका कर्मचारी र जनप्रतिनिधिले विभिन्न बहाना बनाउँदै फाइल दिन आनाकानी गर्दै आइरहेका थिए,’ सूचना अधिकारी सापकोटाले भने, ‘अत्ती भएपछि हामी आफै गाउँपालिका पुगेका हौँ, आवश्यक कागजात र फाइलहरु नियन्त्रणमा लिएर आएका छौँ ।’

सूचना अधिकारी सापकोटाका अनुसार गाउँपालिकाका अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत ओझाविरुद्ध कम्तिमा पनि १५ वटा उजुरी परेको छ ।फाइलहरु छिपहरमाईविरुद्ध परेका उजुरीका विषयमा छानविनी गरिरहेका अनुसन्धान अधिकृतलाई बुझाइएको सापकोटाले बताए । अनुसन्धानका क्रममा भ्रष्टाचार ठहर भए अख्तियारले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

यता, गाउँपालिका अध्यक्ष गुप्ताले भने छापामारी नभएको दावी गरे । परेको उजुरी सम्बन्धि कागजातहरु अध्ययनका लागि अख्तियार टोलीले लगेको बताउँदै उनले भने, ‘छापामारी नै भएको होइन । ‘करारमा नियुक्त गरिएका कर्मचारीको विषयमा कसैले उजुरी दिएको रहेछ, सोही सम्बन्धि आवश्यक कागजात अध्ययनका लागि अख्तियार टोलीले लागेको मात्र हो ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -