मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

आईपिएलमा अनलाईन सट्टाबाजी गर्ने ४ जना रंगेहात पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साले भारतमा भइरहेको आईपिएल क्रिकेट म्याचमा सट्टाबाजी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं. १५ स्थित संजय श्रीवास्तवको तीन तल्ले घरको माथिल्लो तल्लामा अनलाईन मार्फत सट्टाबाजी तथा जुवा हुने गरेको सूचनाको अधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई बुधवार पक्राउ गरेको हो ।

- Advertisement -

पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका वडा नं. ४ वस्ने सरोज साह,सलार्हीको रामनगर गाउँपालिका वडा नं.६ बस्ने सन्तोष कुमार यादव, पर्साको बीरगन्ज महानगरपालिका वडा नं.२४ बस्ने धुरेन्द्र प्रसाद यादव र भारत उत्तर प्रदेश गोरखपुर देवरिया बस्ने मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -

प्रहरीले उनीहरुको साथबाट ३ लाख ९० हजार ५ सय नेपाली रुपैया र १५ हजार ७ सय ५० भारु बरामद गरेको छ । साथै उनीहरुले प्रयोग गरेको आईडिया कम्पनीको ३२ इन्चको एलईडी टिभी एक थान र मोबाइलहरु समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले बिहिवार प्रेस नोट जारी गर्दै जानकारी दिएको छ ।

उनीहरुले बुधवार आईपिएल अन्तर्गत बुम्बई इन्डियन्स र नखनउ सुपर बिच भइरहेको खेलमा अनलाईन मार्फत सट्टाबाजी गरेको जिल्ला प्रहरी कार्यालय पर्साको दावी छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गराई अनलाईन सट्टाबाजी कसुर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको पर्साको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -