सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

नागरिकताको विषय आजै टुंगो लगाइन्छ : प्रधानमन्त्री प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,१३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकताको विषय आजै टुंगो लगाउने दाबी गरेका छन्।

- Advertisement -

पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’को २१औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर नेपालले साँखुमा आयोजना गरेको १९औँ साधारणसभालाई सम्बोधन गर्दै उनले नागरिकताको विषय आज टुंग्याइने बताएका हुन्।

संसद्ले दुई–दुईपटक पारित गरेर पठाउँदा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गर्दा नागरिकता विधेयक राष्ट्रपति कार्यालयमै थन्किएको छ।

- Advertisement -

वर्तमान सरकारले उक्त नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

‘आजै नागरिकताको विषय टुंगो लगाइन्छ’, प्रधानमन्त्री प्रचण्डले भने । आज अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -