शनिबार, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

प्रधानमन्त्री र कांग्रेस शीर्ष...

५ जेठ, काठमाडौं । संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

कलेजो क्यान्सर भएको कसरी...

५ जेठ, काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो...

नेपाल प्रहरीका ४ एसएसपीलाई...

५ जेठ, काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी...

जिल्ला अस्पताल मुगुमा सिटामोलको...

मुगु, ४ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको...
28.1 C
Kathmandu
37.4 C
Birgunj

नागरिकता विधेयक खारेजीको माग गर्दै नागरिक अगुवाकाे प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१३ जेठ । नागरिक अगुवाहरुले नागरिकता विधयेक खारेजको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

- Advertisement -

शनिवार काठमाडौंको बानेश्वर भेलाको आयोजना गरेर वामपन्थी नेता साध्य बहादुर भण्डारी लगायतका नेताहरुले राष्ट्रघाती नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी गैर संवैधानिक कार्यको भत्र्सना गरे ।

भेलामा पूर्वसुरक्षाकर्मी परिषद्का हेम शंकर गिरीले निर्वतमान राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेको कुरा वर्तमान राष्ट्रपतिले गर्नुहुन्न भन्ने निष्कर्षमा पुगेपछि जबरजस्ती मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै त्यसको खबरदारीका लागि सडकमा आएको बताए ।

- Advertisement -

उनले भने, ‘केपीओलीको सरकार ढलेपछि अर्को गठबन्धन गठन गरियो त्यसमा अर्को विधेयक ल्याएर जनसंख्याको राजनीतिद्धारा नेपाललाई सिक्किमिकरणको बाटो खुला गर्न जुन नागरिकता विधेयक ल्याईयो त्यो निर्वतमान राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन त्यो पक्कै राष्ट्रघाती छ । अघिल्लाले अस्वीकार गरेको कुरा वर्तमान राष्ट्रपतिले गर्नुहुन्न भन्ने निष्कर्षमा पुगेपछि जबरजस्ती मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यो राष्ट्रघातीकामको खबरदारी गर्न हामी यहाँ आएका हौं । ’

सहभागीहरुले रगत बगाउने तर कुनै पनि हालतका यो विधेयक पास गरेर राष्ट्र मार्न नदिने चेतावनी दिए । कार्यक्रममा सहभागीहरुले नागरिकता विधेयक फिर्ता गर, नागरिकता विधयेक प्रमाणीकरण नगर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार